पारसको ब्याटिङ वरीयतामा सुधार
बुधबार, भदौ १७, २०७७खेलपाटी संवाददाता

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको ब्याटिङ वरीयतामा नेपालका पारस खड्काको वरीयता सुधार भएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ वरीयता ४ स्थान सुधार भएको हो ।
नयाँ ब्याटिङ वरीयतामा पारस ७१ औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ७५ औं स्थानमा रहेका थिए ।
नेपालका ग्लोबल आइकन सन्दीप बलिङ वरीयता भने यथावत रहेको छ । नयाँ वरीयतामा सन्दीप ७९ औं स्थानमा रहेका छन् ।
टी- ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा यथावत रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो ।
नेपालको टी-ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ ।
यस्तै,एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

