मालिंगाले आईपीएल गुमाउने
बुधबार, भदौ १७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । श्रीलंकाका भेट्रान बलर लासिथ मालिंगाले यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) गुमाउने भएका छन् ।
मुम्बई इन्डियन्सका फास्ट बलर मालिंगाले घरायसी कामको कारण आईपीएल नखेल्ने भएका हुन् ।
मुम्बईले बुधबार मालिंगाले आईपीएल नखेल्ने जनाएको छ ।
मालिंगा आईपीएलकै सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले आईपीएलमा १ सय ७० विकेट लिईसकेका छन् ।
गत वर्ष मुम्बईलाई चौंथो पटक उपाधि दिलाउन उनले उत्कृष्ट खेलेका थिए ।
मुम्बईले मलिंगाको स्थानमा अष्ट्रेलियाका फास्ट बलर जेम्स प्याटिनसनलाई टिममा अनुबन्ध गरेको छ ।
कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

