एजेन्सी । डच क्लब पिएसभीले जर्मन डिफेन्डर फिलिप म्याक्सलाई अनुबन्ध गरेको छ ।
पिएसभीले बुधबार डिफेन्डर म्याक्सलाई अनुबन्ध गरिएको जनाएको छ ।
२६ वर्षीय डिफेन्डरलाई पिएसभीले जर्मन क्लब आउग्सबर्गबाट अनुबन्ध गरेको हो ।
म्याक्स अनुबन्ध गर्न पिएसभीले १० मिलियन युरो खर्च गरेको बताईएको छ ।
लेफ्ट ब्याक म्याक्सले क्लबसँग ४ वर्षको सम्झौता गरेका छन् ।
म्याक्सले आउग्सबर्गका लागि १ सय ५६ खेलमा १५ गोल र २९ असिस्ट गरेका छन् ।
उनी सन् २०१५ मा आउग्सबर्ग आएका थिए ।