एजेन्सी । इटालियन सिरी 'ए' फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।
सिरी 'ए' ले बुधबार २०२०/२१ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो ।
सिरी 'ए' को नयाँ सिजन सेप्टेम्बर २० बाट सुरु हुनेछ ।
साविकको च्याम्पियन युभेन्ट्सले सिजनको पहिलो खेलमा साम्पडोरियासँग खेल्नेछ । युभेन्ट्सले घरेलु मैदानमा साम्पडोरियासँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।
इन्टर मिलानले बेनेभेन्टोसँग खेल्दै सिजनको सुरुवात गर्दा लाजियो एटलान्टासँग खेल्नेछ ।
यस्तै एसी मिलानले बोलोग्नासँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।
नापोलीले पर्मासँग खेल्दा रोमाले हेलास भेरोनासँग खेल्नेछ ।
सिजनको पहिलो दिन १० खेल हुनेछ ।
