एजेन्सी । म्यान्चेष्टर युनाइटेडका फरवार्ड मासन ग्रिनउडले इङ्ल्याण्डको राष्ट्रिय टिमबाट कीर्तिमान तोड्न चाहेको बताएका छन् ।
पहिलो पटक इङ्ल्याण्डको राष्ट्रिय टिममा परेका ग्रिनउडले इङ्लिस टिमबाट कीर्तिमान तोड्दै आफुलाई सधैका लागि सम्झनलायक बनाउन चाहेको बताएका हुन् ।
नेसन्स लिग फुटबलमा राष्ट्रिय टिममा छनोट भएपछि १८ बर्षिया फरवार्डले सपना वास्तविकतामा परिणत भएको बताए ।
इङ्ल्याण्डले शनिबार आइसल्याण्ड र तीन दिनपछि डेनमार्कसंग नेसन्स लिग फुटबलमा प्रतिस्पर्धा गर्दैछ ।
युनाइटेडबाट गत सिजन सबै प्रतियोगितामा १७ गोल गरेका ग्रिनउड इङ्ल्याण्डको टिममा समावेश भएका हुन् ।
‘कुनैपनि युवा फुटबलरले कीर्तिमानहरु तोड्न चाहन्छ ।’ उनले भने ।
‘यदी तिमी सक्दैनौ भने त्यहाँ केही गलत भईरहेको छ ।’ ग्रिनउडले थपे ।
‘मात्र तिमी त्यहाँ जाउँ । आफ्नो सर्वश्रेष्ठ प्रर्दशन गर, कीर्तिमान तोड र सधैका लागि यादमा बस ।’ ग्रिनउडले भने ।
उनले प्रिमियर लिगमा आफुले नसोचेको अवसर र नतिजा पाएको बताए ।
‘खेल धेरै छिटो हुने गर्छ । तपाई सबै समय सतप्रतिशत ध्यान केन्द्रित गर्न आवश्यक छ ।’ उनले भने, ‘सम्पूर्ण परिवार मेरा लागि उत्साहीत थिए । र यो एक सपना पुरा भए जस्तै हो ।’
‘सबै चाँडै भयो । तपाइलाई कुनैपनि समय बोलाउन सक्छ । र मलाई सिजनको सुरुवातमा केही युरोपा लिगको खेलका लागि बोलाईएको थियो । सबै खेललाई अवसरको रुपमा लिए । जसरी अवसर आयो, मैले आफ्नो फुटबल खेले ।’ ग्रिनउडले भने ।
ग्रिनउडले युनाइटेडका प्रशिक्षक आले गुनर सोल्सायरसंगको सहकार्य निकै रमाइलो रहेको बताएका छन् ।
‘आले मेरो खेलको ठुलो भाग हुन् । उनले मलाई बुझ्नका लागि मदत गरे कि म कहाँ छु । सबैलाई सावित गर्नका लागि अवसर दिए ।’ उनले भने ।
ग्रिनउडले भने, ‘म धन्य छु, उनी यहाँ छन् । उनी राम्रा म्यानेजर हुन् । जब उनी मसंग कुराकानी गर्छन्, म सधै सुन्ने गर्छु । सुझावलाई लिने गर्छु ।’
ग्रिनउडले यसअघि इङ्ल्याण्डको यू–१७, यू–१८ र यू–२१ बाट खेलिसेकका छन् ।