ब्राजिलियन डिफेन्डर गेब्रियल आर्सनलमा
मंगलबार, भदौ १६, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब आर्सनलले ब्राजिलियन डिफेन्डर गेब्रियललाई अनुबन्ध गरेको छ ।
आर्सनलले मंगलबार सेन्टर डिफेन्डर गेब्रियललाई अनुबन्ध गरेको जनाएको छ ।
२२ वर्षीय डिफेन्डरलाई आर्सनलले फ्रेन्च क्लब लिलबाट अनुबन्ध गरेको हो ।
उनलाई २६ मिलियन युरोमा आर्सनलले क्लबमा भित्र्याएको हो ।
गेब्रियलले आर्सनलसँग ५ वर्षको सम्झौता गरेका छन् । सम्झौतासँगै उनी २०२५ सम्म आर्सनलमा रहने छन् ।
आर्सनलमा उनले ६ नम्बर जर्सी लगाउने छन् ।
गेब्रियल सन् २०१७ मा फ्रेन्च क्लब आएका थिए ।







-1762161953662.webp&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)


