एजेन्सी । सेभियाले पूर्व कप्तान इभान राकिटिकलाई अनुबन्धन गरेको घोषणा गरेको छ ।
स्पेनिस क्लबले ६ बर्षको अन्तरपछि पूर्व कप्तान राकिटिकलाई बार्सिलोनाबाट पुरानै क्लबमा फर्काएको घोषणा गरेको हो ।
राकिटिक ६ बर्षअघि बार्सिलोना गएका थिए । उनले सेभियाबाट १ सय ४९ खेलमा ३२ गोल सहित ४१ गोलको अवसर सिर्जना गरेका थिए ।
उनकै नेतृत्वमा सेभियाले सन् २०१४ मा युरोपा लिगको उपाधि जितेको थियो ।
उनले आर्थिक रुपमा आफुलाई तल पार्दैै सेभिया फर्कने निर्णय गरेका हुन् । ३२ बर्षिया मिडफिल्डरले आफु एक दिन सेभिया फर्कने बताएका थिए ।
उनले बार्सिलोनामा पछिल्लो एक बर्ष निकै खराब समय बिताए । खराब प्रर्दशन र नतिजाका कारण बार्सिलोनाले एक बर्षको अन्तरमा इर्नेस्टो भाल्भर्डे र क्विक सेटियनलाई बर्खास्तनै गर्यो ।
राकिटिकले बार्सिलोनाबाट मैदानमा समेत कम अवसर पाउँदै आएका थए । उनले यस समर ट्रान्सफरमा बार्सिलोनाले आफुलाई छाड्ने अनुमान लगाएका थिए । सोही अनुसार उनले सेभिया फर्कने उपयुक्त समय प्राप्त गरेका हुन् ।
कोएसियन मिडफिल्डर राकिटिकको आगमनले जुलेन लुपेटीगुइको नेतृत्वको सेभियालाई ठुलो राहत मिलेको छ । सेभियाले भर्खरैमात्र रियल मड्रिडबाट स्पेनिस फरवार्ड ओस्कार रोड्रिग्वेजलाई अनुबन्धन गरेको छ ।
इन्टर मिलानलाई हराउदै युरोपा लिगको उपाधि जितेको सेभियाले आगामी सिजनको ला लिगामा राम्रो चुनौती पेश गर्ने तयारी गरेको छ ।