• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
को बन्ला फिफा सहायक रेफ्री ?
नमीन ढकाल
मंगलबार, भदौ १६, २०७७ नमीन ढकाल
को बन्ला फिफा सहायक रेफ्री ?

काठमाडौं । पदमबहादुर भुजेल विदेश पलायन भएसँगै नेपालमा फिफा सहायक रेफ्रीको एक कोटा खाली भएको छ । गत माघमा शीर्ष डिभिजनको लिग जारी रहँदा सहायक रेफ्री पदम एन्फा रेफ्री संघ र रेफ्री कमिटीलाई थाहै नदिएर विदेश पलायन भएका थिए ।

पदम पलायन भएसंगै रेफ्री संघले पदमको ब्याज स्वतः खारेज गर्यो । त्यसयता एक कोटा खाली रहेको छ ।

यसै बर्षको अन्तिममा एन्फाले सो स्थान पूर्तिसँगै अन्य रेफ्री ब्याज नविकरणको लागि फुटबलको सर्बाेच्च संस्था (फिफा) र एसियाली खेलकुद महासंघ (एएफसी)मा नाम पठाउने तयारी गरेको छ ।

यसअघि रेफ्रीको फिटनेस टेष्ट एएफसीमा गएर दिनुपर्ने भएपनि हाल नेपालमै टेष्ट हुँदै आएको छ । टेष्टमा सफल हुनेको नाम रेफ्री कमिटीले एन्फा सचिवालयमा बुझाउने छ । एन्फाले नविकरणको लागि फिफा र एएफसीमा नाम पठाउने गरेको छ ।

हरेक बर्ष एन्फाले सेप्टेम्बरमा नाम पठाएका ब्यक्तीको फिफाबाट नाम स्विकृत हुँदै आएको छ ।

तर यसपटक फिफाबाट कुनै सुचना आएको छैन । कोरोना महामारीका बीच फिफाका कार्यक्रम अस्तव्यस्त भएका कारण नेपालमा समेत फिफाको नविकरण र कोटाको बिषयमा कुनै सुचना नआएको रेफ्री कमिटीले जनाएको छ ।

फिफाबाट कुनै सुचना प्राप्त नभएपनि एक कोटा पूर्तिका लागि दौडधुप सुरु भैसकेको छ । केहि सिनियर र सहायक रेफ्रीका लागि सक्षम देखिएका बीच दौडधुप देखिन थालेको हो ।

एन्फाको रेफ्री कमिटी र रेफ्री संघबीच आन्तरिक द्वन्द र एन्फा सचिवालयको हस्तक्षपका कारण यस पटकको कोटामा पनि रस्साकस्सी हुने पक्का देखिन्छ ।

उदाहरणका लागि गत बर्ष फर्कौ ।

गतबर्षको सहायक रेफ्रीको कोटामा पूर्णता पाउन भएको राजनीतिकरण र एन्फाको हस्तक्षपले धेरै बिषय बोल्छ ।

एन्फा रेफ्री संघकै कुरा मान्ने हो भने सुरुमा प्रतिस्पर्धामा आएका रेफ्रीबीच फिटनेश टेष्ट, उसको अनुशासनको रेखदेख र अघिको प्रदर्शन आधारमा फिफा ब्याज दिदै आएको छ । प्रतिस्पर्धी बीचमा केही भिन्नता नदेखिएको खण्डमा सिनियरको आधारमा ब्याज दिने प्रचलन छ । तर गतबर्ष भने यो नियमले प्राथमिकता पाएन ।

गतबर्ष एन्फा रेफ्री कमिटी र रेफ्री संघलाई थाहै नदिएर एन्फाले गरेको हस्तक्षपको तितो अनुभव रेफ्री संघसंग छ । एन्फा सचिवालयको ढाडो हस्तक्षपमा विभागीय टिम एपीएफका सहदेब श्रेष्ठले रेफ्री ब्याज प्राप्त गरेका थिए । यस पटक पनि सोही प्रलचन दोहरिने सम्भावना रहेको एक रेफ्रीले खेलपाटीलाई बताए ।

यस पटक रेफ्री ब्याजका लागि तीन जना सहायक रेफ्रीको दौडधुप सुरु भैसकेको छ । विभागीय आर्मीका विक्रम चौधरी, खुल्लातर्फ किशन यादव र चितवन जिल्ला फुटबल संघ नजिक रहेका प्रकाश भुजेल फिफा ब्याजका लागि प्रतिस्पर्धामा छन् ।

प्रकाश भुजेललाई छाडेर बिक्रम र किशन मुख्य प्रतिस्पर्धी रहेको पूर्व रेफ्रीहरु बताउँछन् । जसमा किशन यादवलाई प्रमुख दाबेदार मानिएको छ ।

रेफ्री कमिटीका सदस्य तथा पूर्व रेफ्री सुरेन्द्र सिख्राकार रेफ्रीबीच प्रतिस्पर्धा गराएरै फिफा ब्याज दिने बताउँछन् ।

‘प्रतिस्पर्धाका लागि सिनियर देखिएका र सक्षम देखिएका बीच प्रतिस्पर्धा गराउँछौ । त्यसमा जो अब्बल देखिन्छ सचिवालयनमा नाम पठाउँछौ ।’ उनले भने ।

‘प्रतिस्पर्धामा दुबै बराबर देखिए सिनियरको आधारमा ब्याज पाउनेछन् ।’ पूर्व रेफ्री समेत रहेको सिख्राकार बताउँछन् ।

सिख्राकारले समेत बिक्रम र किशननै मुख्य प्रतिस्पर्धी रहेको र दुबैको बराबर मौका रहेको बताउँछन् ।

रेफ्री संघका अध्यक्ष बुद्धि गुरुङले फिफाबाट कुनै सूचना नआएकाले अहिलेनै मुख्य प्रतिस्पर्धी छुट्याउन नसकिने बताउँछन् ।

‘अहिले फिफाबाट कुनै सूचना आएको छैन । केहि गराउन सकिने अवस्थापनि छैन । ए श्रेणीका सबै रेफ्रीहरु सक्षम छन् । उनीहरुनै प्रतिस्पर्धी हुन् । अहिलेनै भन्न सक्ने अवस्था छैन ।’ गुरुङ भन्छन् ।

नेपालमा फिफा रेफ्रीमा महिला र पुरुष गरि १२ वटा कोटा रहेको छ । जसमा पुरुषतर्फ ४ र महिलातर्फ १ रेफ्री रहेका छन् । यस्तै सहायकतर्फ पुरुष ६ र महिलातर्फ १ रेफ्री रहेकी छिन् ।

फिफा रेफ्री :

सुदिस कुमार पाण्डे, नविन्द्र महर्जन, श्रवण कुमार तामाङ, कविन ब्यन्जनकार र अस्मिता मानन्धर

फिफा सहायक रेफ्री :

रोजेन श्रेष्ठ, नानी राम थापा, माधब खत्री, युनाल मल्ल, शहदेव श्रेष्ठ र बिना श्रेष्ठ

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP