मिखीटेरियान रोमाको स्थायी खेलाडी
सोमबार, भदौ १५, २०७७खेलपाटी संवाददाता
एजेन्सी । इटालियन क्लब रोमाले मिडफिल्डर हेन्रिक मिखीटेरियानलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
सिरी 'ए' क्लब रोमाले मिडफिल्डर मिखीटेरियानलाई आर्सनलबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
मिखीटेरियानले गत सिजन लोनमा रोमाबाट खेलेका थिए । पहिलो सिजन नै उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
अर्मेनियाका ३१ वर्षीय मिडफिल्डर मिखीटेरियानले रोमाका लागि गत सिजन २७ खेलमा ९ गोल गरेका थिए ।
मिखीटेरियान सन् २०१८ मा म्यानचेस्टर युनाइटेडबाट आर्सनल आएका थिए । मिखीटेरियानले आर्सनलबाट ५९ खेलमा ९ गोल गरेका थिए ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


