राष्फोर्ड इंग्ल्यान्डको टिमबाट बाहिर

एजेन्सी । म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कुस राष्फोर्ड यूईएफए नेसन्स लिग खेल्ने इंग्ल्यान्डको टिमबाट बाहिरिएका छन् ।
इंग्ल्यान्ड एफएले सोमबार राष्फोर्ड टिमबाट बाहिरिएको जनाएको छ । चोटको कारण राष्फोर्ड इंग्ल्यान्डको टिमबाट बाहिरिएका हुन् ।
राष्फोर्डसँगै मिडफिल्डर ह्यारी विंक्स पनि टिमबाट बाहिरिएका छन् ।
राष्फोर्ड र ह्यारी बाहिरिएपछि मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले टिममा डिफेन्डर कोर्नर कोडी र मिडफिल्डर एन्सले मेटल्यान्ड नाइल्स टिममा परेका छन् ।
यस्तै इंग्ल्यान्डले २४ सदस्सीय टिममा ज्याक ग्रेलिसलाई टिममा बोलाएको छ । एस्टन भिल्लाका २४ वर्षीय मिडफिल्डर ज्याक पहिलो पटक टिममा परेका हुन् ।
नेसन्स लिग अन्तर्गत इंग्ल्यान्डले सेप्टम्बरमा आइसल्याण्ड र डेनमार्कसँग खेल्नेछ ।
इंग्ल्यान्डले सेप्टेम्बर ५ मा आइसल्याण्ड र सेप्टेम्बर ८ मा डेनमार्कसँग खेल्नेछ ।
टिमको गोलरक्षकमा जोर्डन पिक्फोर्ड, डीन हेन्डरसन र निक पोप रहेका छन् ।
डिफेन्डरमा ट्रेन्ड एलेक्जेन्डर आर्नोल्ड, एरिक डायर, जोइ गोमेज, माइकल केन, कोर्नर कोडी, ट्रोएनी मिन्ग्स, केइरन ट्रिपियर र केली वाल्कर रहेका छन् ।
मिडफिल्डमा फिल फोडेन, मासन माउन्ट, एन्सले मेटल्यान्ड नाइल्स, काल्भिन फिलिप्स, डिक्लेन राइस, जेम्स वार्ड र ज्याक ग्रेलिस रहेका छन् ।
टोलीको फरवार्डमा ह्यारी केन, जाडोन सान्चो, रहिम स्ट्रर्लिङ, ड्यानि इन्ग्स, मासुन ग्रीनवुड र टामी अब्राहम रहेका छन् ।