लाजियोसँग इमोबाइलको नयाँ सम्झौता
२०२० अगस्ट ३१, सोमबारखेलपाटी संवाददाता

एजेन्सी । इटालियन स्ट्राइकर सिरो इमोबाइलले लाजियोसँग नयाँ सम्झौता गरेका छन् ।
इटालियन सिरी 'ए' क्लब लाजियोले सोमबार इमोबाइलले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ ।
३० वर्षीय फरवार्डले क्लबसँग पाँच वर्षको नयाँ सम्झौता गरेका हुन् । उनी २०२५ सम्म लाजियोमा रहने छन् ।
इमोबाइलले सन् २०१९/२० को सिजन उत्कृष्ट खेलेका थिए । लाजियोका लागि ३९ गोल गर्दै उनले युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।
इमोबाइल सन् २०१६ मा लाजियो आएका थिए । उनको सम्झौता २०२३ सम्म रहेको थियो ।
लाजियोका लागि उनले १ सय ७८ खेलमा १ सय २५ गोल गरिसकेका छन् ।