एजेन्सी । स्विडेनमा भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले एसी मिलानसँग नयाँ सम्झौता गरेका छन् ।
इब्राहिमोविचले थप एक वर्ष क्लबमा रहने गरी मिलानसँग सम्झौता गरेको स्काई इटालीले जनाएको छ ।
३८ वर्षीय स्ट्राइकर गत जनवरीमा इटालियन क्लब मिलान आएका थिए ।
इब्राहिमोविचले त्यस समय क्लबसँग ६ महिनाको सम्झौता गरेका थिए ।
मिलान आएपछि इब्राहिमोविचले १८ सिरी 'ए' खेलमा १० गोल गरेका थिए ।
मिलान लिगो छैटौं स्थानमा रहेर युरोपा लिगको छनोटको लागि छनोट भएको थियो ।
इब्राहिमोविचसँगको नयाँ सम्झौताबारे मिलानले भने केहि बताएको छैन ।
तर, मिलान र इब्राहिमोविच दुबैले नयाँ सम्झौताको संकेत भने गरिसकेका छन् ।