एजेन्सी । इंग्लिस क्लब टोटेनहमले युरोपा लिग फुटबल अन्तर्गत दोस्रो चरणको छनोटमा बुल्गेरियन क्लब लोकोमोटिवसँग खेल्ने भएको छ ।
यूईएफएले सोमबार सार्वजनिक गरेको ड्र अनुसार टोटेनहमको प्रतिद्वन्दी लोकोमोटिव परेको हो ।
प्रिमियर लिगको छैटौं स्थानमा रहेपछि टोटेनहमले युरोपा लिगको छनोट खेल्न लागेको हो ।
यस्तै इटालियन क्लब एसी मिलानले आयरल्याण्डको शाम्रोकसँग खेल्नेछ ।
टर्किस क्लब गलातासारेले अजरबैजानको नेफ्ट्ची बाकुसँग खेल्नेछ ।
दोस्रो चरणको खेलहरु सेप्टेम्बर १७ हुनेछ ।
यूईएफएले दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने ९२ टिमको ड्र सार्वजनिक गरेको थियो ।
