एजेन्सी । बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले ४० वर्षको उमेरसम्म फुटबल खेल्न चाहेको बताएका छन् ।
३२ बर्षिया फरवार्डले सन् २०१९÷२० को सिजनमा उत्कृष्ट प्रर्दशन गरेका छन् । उनले सिजभर ५५ गोल गरे । उनले सिजनमा ट्रिपल उपाधि उचाले । पोल्याण्डका अन्तराष्ट्रिय खेलाडीले च्याम्पियन्स लिग सहित तीन मुख्य उपाधि उचालेका हुन् ।
लेवान्डोस्कीको बायर्नसंगको सम्झौता अझै तीन वर्ष बाँकी छ । उनले क्लबसंगको वर्तमान सम्झौता अन्तिम नहुने समेत बताएका छन् ।

के तपाई थप १० बर्ष खेल्न सक्नु हुन्छ ?
लेवान्डोस्कीले स्काइ स्पोर्ट्ससंग भने, ‘दश बर्ष ? सायद ८ बर्ष खेल्छु ।’
‘वर्तमान सम्झौता मेरो अन्तिम हुने छैन । म लामो समय खेल्न चाहन्छु । म अझै धेरै सफलता प्राप्त गर्न चाहन्छु । मेरो सहकर्मी र म्युनिखले समेत त्यही सोचेको छ ।’ उनले भने ।
लेवान्डोस्कीले बुन्डेसलिगा च्याम्पियनसंगै आफ्नो करियरको अन्त्य गर्ने स्विकार गरेका छन् । उनले आफुमा सुरुवात जस्तै धेरै परिवर्तन नआएको बताएका छन् ।
‘मसंग अझै धेरै बर्ष बाँकी छ । मैले करियर सक्ने बिषयमा सोचेको छैन ।’ उनले थपे ।

उनी सन् २०१९÷२० को सिजनमा युरोपका सर्वाधिक गोलकर्ता बनेको छन् ।
उनले बुन्डेसलिगामा ३४ गोल, च्याम्पियन्स लिगमा १५ गोल र डीएफबी पोकलमा ६ गोल गरेका थिए ।
युरोपको सर्वाधिक गोलकर्ताको दौडमा क्रिस्टियानो रोनाल्डोले ३७ र लियोनल मेस्सीले ३१ गोल गरेका थिए ।
युभेन्ट्स र बार्सिलोनाका स्टारद्धयले पछिल्ला संस्करण मध्य ११ पटक वालेन डी ओर अवार्ड जितेका छन् । कोरोनाका कारण स्थगित भएको यस बर्षको अवार्डको आफुनै मुख्य दाबेदार रहेको लेवान्डोस्कीले बताएका छन् ।
‘हामीले सबै चिज जित्यौ । बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग । म सर्वाधिक गोलकर्ता समेत रहे ।’ उनले भने, ‘मलाई लाग्छ, जसले यो सबै जित्छ, उसले वालेन डी ओर पाउँछ ।’