एजेन्सी । प्रिमियर लिग क्लब फुलहमले मिडफिल्डर ह्यारिसन रिडलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
इंग्लिस मिडफिल्डरलाई फुलहमले साउथह्याम्पटनबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
गत सिजन ह्यारिसनले लोनमा फुलहमबाट खेलेका थिए । फुलहमलाई प्रिमियर लिगमा बढुवा गर्न ह्यारिसनले उत्कृष्ट खेलेका थिए ।
२५ वर्षीय मिडफिल्डरसँग फुलहमले ४ वर्षको सम्झौता गरेका छन् । सम्झौता रकम खुलाईएको छैन ।

ह्यारिसनले गत सिजन २५ च्याम्पियनसिप खेल खेलेका थिए ।
यस्तै फुलहमले साउथह्याम्पटनका अर्का मिडफिल्डर मारियो लेमिनालाई पनि अनुबन्ध गरेको छ ।
गाबोनका मिडफिल्डलाई फुलहमले एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
मारियोले गत सिजन टर्किस क्लब गलातासारेबाट खेलेका थिए ।
