एजेन्सी । म्यान्चेष्टर युनाइटेड अजाक्सका मिडफिल्डर डोनी भान डी विक अनुबन्धनको नजिक देखिएको छ ।
दुवै क्लब भान डी विकको मूल्यमा सहमतीमा पुगेका छन् । युनाइटेडले डच मिडफिल्डरलाई ४० मिलियन पाउण्ड तिर्न सहमती जनाएको छ ।
युनाइटेडका प्रशिक्षक आले गुनर सोल्सायर नेदरल्याण्डका २३ बर्षिय अन्तराष्टिय खेलाडी अनुबन्धनमा निकै रुचि देखिएका थिए । उनले धेरै पटक भान डी विकमाथि नजर लगाएका थिए ।
रिपोर्टका अनुसार अब मेडिकल र ब्यक्तिगत शर्तको बिषयमा अन्तिम सम्झौता हुन बाँकी छ ।
केही दिनमा सम्झौताले आकार पाउने अनुमान गरिएको छ ।
भान डी विकले युनाइटेडसंग ५ बर्षको सम्झौता गर्ने तयारी गरेका छन् । उनी युनाइटेडको सुरुवाती खेलमा समेत देखिन पाउनेछन् । युनाइटेडले सेप्टेम्बर १९ मा क्रिस्टल प्यालेसबिरुद्ध खेल्दै सिजनको सुरुवात गर्दैछ ।
सन् २०१९ मा अजाक्स च्याम्पियन्स लिगको सेमिफाइनल पुग्दा भान डी विक टोलीका मुख्य सदस्य थिए । युनाइटेडसंग जोडिएसंगै क्लबले खेल्ने मैत्रीपूर्ण खेलमा समेत उनलाई टिम बाहिर राखिएको छ ।