एजेन्सी । इंग्लिस क्लब एभर्टनका डिफेन्डर माइकल किनले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
सेन्टर ब्याक माइकलले एभर्टनसँग पाँच वर्षको नयाँ सम्झौता गरेका हुन् ।
सम्झौतासँगै माइकल सन् २०२५ को जुन अन्तिमसम्म एभर्टनमा रहने छन् ।
इंग्ल्यान्डका २७ वर्षीय डिफेन्डर २०१७ मा बर्नलीबाट एभर्टन आएका हुन् ।
उनले एभर्टनका लागि ९४ खेलमा ३ गोल गरिसकेका छन् ।
नयाँ सम्झौतापछि माइकलले क्लबमा तीन वर्षे यात्रा निकै रमाईलो भएको बताउदै नयाँ सम्झौताले थप खुशी भएको बताए ।