एजेन्सी । स्पेन तथा बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेजले म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन विश्वकै सर्वोकृष्ट मिडफिल्डर भएको बताएका छन् ।
कतारी क्लब अल सादका मुख्य प्रशिक्षक समेत रहेका जाभीले बेल्जियमका ब्रुएन अर्को स्तरको खेलाडी भएको बताएका हुन् ।
ब्रुएन २०१९/२० को सिजन प्रिमियर लिगको प्लेयर अफ दि इयर समेत चुनिएका थिए ।
'म्यानचेस्टर सिटीका ब्रुएन मलाई अर्कै स्तरको लाग्छ । उनी खेलमा फरक बनाउन सक्षम छन् । उनी संसारकै सर्वश्रेष्ठ मिडफिल्डर हुन्,' जाभीले भने ।
२९ वर्षीय ब्रुएन सन् २०१५ मा जर्मन क्लब वुल्फवर्गबाट सिटी आएका थिए । उनी सिटीका महत्वपूर्ण खेलाडी हुन् ।
म्यानचेस्टर सिटीलाई लिगको दोस्रो बनाउन महत्वपूर्ण प्रदर्शन गरेका ब्रुएनले १३ गोल गरेका थिए । यस्तै उनले गोलका लागि २० असिस्ट गरेका थिए ।
यस्तै जाभीले सिटीका प्रशिक्षक पेप ग्वार्डीवोला विश्वकै उत्कृष्ट प्रशिक्षक भएको बताए ।
जाभीले लिभरपुलका भिर्गिल भान डाइक सर्वोकृष्ट डिफेन्डर भएको समेत बताए ।