एजेन्सी । बार्सिलोनाका कप्तान तथा फरवार्ड लियोनल मेस्सीले कोरोना भाईरसको पीसीआर परिक्षण बहिष्कार गरेका छन् ।
टिमको प्रशिक्षण सुरु गर्नु अघि बार्सिलोनाले आइतबार खेलाडीको पीसीआर गरेको थियो ।
तर, कप्तान मेस्सी पीसीआर परिक्षणमा उपस्थित नभएको एएफपीले जनाएको छ ।
बार्सिलोनाले नयाँ सिजनका लागि सोमबारबाट प्रशिक्षण सुरु गर्दैछ ।
पीसीआरमा नगरेपछि मेस्सीले प्रशिक्षण समेत गुमाउने भएका छन् ।
पीसीआर परिक्षणमा बहिष्कार गरेसँगै मेस्सीले बार्सिलोनामा नबस्ने संकेत गरेका छन् ।
मेस्सीले गत साता क्लबलाई पत्र लेख्दै क्लब छाड्ने बताईसकेका छन् ।
बार्सिलोनाले भने यस समर ट्रान्सफरमा मेस्सीले क्लब छाड्न नसक्ने बताएको छ ।
अर्जेन्टिनाका फरवार्ड मेस्सी अनुबन्धनका लागि ७ सय मिलियन रिलिज क्लज तिर्नुपर्ने बार्सिलोनाको माग छ ।