एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमले डिफेन्डर माट दोहर्टीलाई अनुबन्ध गरेको छ ।
टोटेनहमले राइट ब्याक माटलाई उल्भ्सबाट अनुबन्ध गरेको हो ।
रिपब्लिक अफ आयरल्याण्डका डिफेन्डरले टोटेनहमसँग ४ वर्षको सम्झौता गरेका छन् ।
२८ वर्षीय डिफेन्डर अनुबन्धको रकम भने खुलाईएको छैन ।
माट सन् २०१० मा उल्भ्स आएका थिए । उनले उल्भ्सका लागि ३०० बढी खेल खेलेका छन् ।
गत सिजन उनले ३६ प्रिमियर लिग खेलमा ४ गोल गरेका थिए ।
'ठुला क्लबमा अनुबन्ध हुन पाउदा गौरव अनुभव भएको छ,' सम्झौतापछि उनले माटले भने ।
टोटेनहममा उनले २ नम्बर जसरी लगाउने छन् ।
रिपब्लिक अफ आयरल्याण्डका लागि उनले ९ खेलमा १ गोल गरेका छन् ।
