एजेन्सी । इटालियन क्लब युभेन्ट्सले अमेरिकन मिडफिल्डर वेस्टन म्याकेनीलाई अनुबन्ध गरेको छ ।
युभेन्ट्सले २२ वर्षीय मिडफिल्डरलाई जर्मन क्लब साल्केबाट लोनमा अनुबन्ध गरेको हो ।
वेस्टनलाई युभेन्ट्सले एक वर्षको लागि लोनमा अनुबन्ध गरेको हो । साल्केले युभेन्ट्सलाई स्थायी खेलाडी रुपमा अनुबन्धको अवसर समेत दिएको छ ।
अमेरिकाका अन्तर्राष्ट्रिय वेस्टन सन् २०१७ मा साल्के आएका थिए । तीन सिजनमा साल्केका लागि उनले ७४ बढी खेल खेलेका छन् ।
गत सिजन उनले २८ बुन्डेसलिगा खेलमा ३ गोल गरेका थिए ।
अमेरिकाका लागि उनले १९ खेलमा ६ गोल गरेका छन् ।
