मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

किन आईपीएलको खेल तालिका सार्वजनिक भएन ?

सोमबार, ०८ भाद्र २०७७खेलपाटी संवाददाता
किन आईपीएलको खेल तालिका सार्वजनिक भएन ?
mustang rice ad

एजेन्सी । भारतीय फ्रेन्चाइज लिग इण्डियन प्रिमियर लिग (आईपीएल) सेप्टेम्बरबाट सुरु हुँदैछ ।

कोरोना भाईरसको महामारीको कारण भारतमा आयोजना सम्भव नभएपछी प्रतियोगिता दुबईमा आयोजना हुँदैछ ।

१३ औं संस्करणको आईपीएलमा सहभागिता जनाउन फ्रेन्चाइज टिमहरु दुबई पुग्ने क्रम जारि छ । दुबई पुगेपछि टिमले कम्तिमा ६ दिनको क्वारेन्टिन बस्नु पर्नेछ ।

यद्दपी सेप्टेम्बर १९ बाट सुरु हुने प्रतियोगिताको खेल तालिका भने अझै सार्वजनिक भएको छैन ।

मुम्बई इण्डियन्सका कप्तान रोहित शर्माले समेत प्रतियोगिताको खेल तालिका सार्वजनिक नभएको भन्दै चासो देखाएका छन् ।

शर्माले सामाजिक संजालमा महेन्द्र सिंह धोनीको सन्यासलाई बधाई दिदै सेप्टेम्बर १९ को टसमा भेट्ने बाचा समेत गरेका छन् ।

आईपीएलको खेल तालिका सार्वजनिक नभएपनि उद्घाटन खेलमा साविकको विजेता मुम्बईले उपविजेता धोनीको टिम चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।

आईपीएलको खेल तालिका सार्वजनिक नहुनुको कारण 'डाइनामिक' तालिका रहेको बताइएको छ । महामारीको अवस्थालाई मध्यनजर गर्दै सबैको सुरक्षालाई र क्रिकेट प्रोटोकल अनुसार 'डाइनामिक' तालिका सार्वजनिक गर्ने भारतीय क्रिकेट बोर्डको लक्ष्य रहेको छ ।

भारतीय खेलाडीहरु समेटेर फ्रेन्चाइज टिम दुबई पुग्दै गर्दा विदेशी खेलाडी भने त्यहिँ टिमसँग सामेल हुने छन् । थुप्रै राष्ट्रमा हवाई उडान बन्द रहेको कारण विदेशी खेलाडी समयमा आइनपुग्ने सम्भावना रहेको छ ।

अष्ट्रेलिया र इंग्ल्यान्डका खेलाडीहरु सेप्टेम्बर १७ र १८ मा दुबई आईपुग्ने छन् । दुबई आएपछि उनीहरु क्वारेन्टिनमा बस्ने छन् ।

विदेशी खेलाडी नहुँदा कतिपय टिमको खेलमा असर पर्ने देखिन्छ ।

त्यसैले सुरुवाती चरणको खेलहरुमा युरोप हुँदै आउने खेलाडीको बाहुल्यता नभएको टिमको खेल राखिने स्रोतले बताएको छ ।

'प्रतियोगिताको ३-४ दिनको खेलमा युके हुँदै आउने खेलाडी कम भएको टिमको राखिने छ,' स्रोतले टाईम्स अफ इण्डियालाई भनेको छ ।

यस्तै, प्रतियोगिता दौरान खेलाडीमा कोरोना संक्रमण भेटिए खेलाडीलाई १४ दिनको आइसोलेसनमा राखिने छ ।

यस्तै संक्रमित खेलाडीको टिमका सबैलाई ६ दिनको क्वारेन्टिन अनिवार्य हुन्छ ।

क्वारेन्टिन र आइसोलेसनपछी खेलाडीको ३ पटक पीसीआर टेस्ट गरिने छ । तर, यस समयमा प्रतियोगिता नरोकिने गरि तालिका 'डाइनामिक' बनाउन लागिएको हो ।

'यदी त्यसो भयो भने, त्यो टिमले ६ दिन सम्म खेल खेल्न पाउने छैन । तर प्रतियोगिता भने चलिरहन्छ,' स्रोतले भनेका छन्, 'त्यसैले सम्भब भएसम्म लचिलो तालिका बनाउनेमा काम भईरहेको छ । जसले गर्दा आवश्यक्ता अनुसार खेल रोक्ने र पछी धकेलिन सकिने छ ।'

'प्रतियोगितामा दोस्रो हप्ता निकै महत्वपूर्ण हुनेछ । किनकि तेस्रो हप्ता देखी टिमहरु प्लेअफको लागि लडाई गर्ने छन् । त्यसैले दोस्रो हप्ताको खेल तालिकामा लचकता आउनुपर्ने छ ।' स्रोतले थपे ।

यस्तै आयोजकले आईपीएलको तालिका यसै साता सार्वजनिक गर्ने योजना बनाएको छ । खेल तालिका सार्वजनिक भएपछी मात्र म्याच अफिसियल, टिभी क्रु, कमेन्टेटर र एनालिस्टहरु दुबई भ्रमणमा निस्कने छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

Bajaj Pulsar Motorcycle Ad
नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित