रोहितलाई राजिब गान्धी खेल रत्न अवार्ड
शुक्रबार, ०५ भाद्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । भारतीय क्रिकेट टिममा सदस्य रोहित शर्माले राजिब गान्धी खेल रत्न अवार्ड प्राप्त गरेका छन् ।
भारतको खेलकुद मन्त्रालयले शुक्रबार रोहितलाई राजिब गान्धी खेल रत्न अवार्ड दिन निर्णय गरेको हो ।
सिमित ओभरको क्रिकेटमा भारतको उपकप्तान समेत रहेका रोहित यस अवार्ड पाउने तेस्रो क्रिकेटर हुन् ।
यस अघि सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी र विराट कोहलीले यस अवार्ड पाएका थिए ।
ब्याट्सम्यान रोहितसँगै टेबल टेनिसका मनिका बत्रा, कुस्तीका भिनेस भोगट, हक्कीका रानी र पारा एथ्लेटिक्सका मारियापान थंगाभेलुले राजिब गान्धी खेल रत्न अवार्ड प्राप्त गरेका छन् ।
यस्तै क्रिकेटर इशान्त शर्मा र महिला टोलीका सदस्य दिप्ती शर्माले अर्जुन अवार्ड पाएका छन् ।







-1766305902285.jpeg&w=3840&q=75)



-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)
