दक्षिण अफ्रिकाका दुई क्रिकेटरलाई कोरोना
बिहिबार, ०४ भाद्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । दक्षिण अफ्रिकाको राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
क्रिकेट दक्षिण अफ्रिकाले बिहीबार दुई जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
तर, दक्षिण अफ्रिकाले कोरोना देखिने खेलाडीको नाम सार्वजनिक गरेको छैन ।
राष्ट्रिय टिमको प्रशिक्षण (कल्चरल क्याम्प) सुरु गर्नु अघि गरिएको परिक्षणमा दुई खेलाडीमा कोरोना देखिएको हो ।
क्याम्पका लागि ३२ खेलाडीको परिक्षण गर्दा दुई जनामा कोरोना देखिएको थियो । क्याम्प अघि खेलाडी र स्टाफसहित ५० जनाको कोरोना परिक्षण गरिएको थियो ।
कोरोना देखिएका दुबै खेलाडीले क्याम्प गुमाउने दक्षिण अफ्रिका क्रिकेटले जनाएको छ । उनीहरु सेल्फ आईसोलेसनमा रहेका छन् ।
दक्षिण अफ्रिकाले राखेको पाँच दिने कल्चरल क्याम्प मंगलबारबाट सुरु भईसकेको छ ।







-1766305902285.jpeg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)


-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)