सीपीएल : सन्दीप प्लेईङ सेटमा
बुधबार, ०३ भाद्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । सन्दीप लामिछाने रहेको जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा अहिले सेन्ट लुसिया जोउक्ससँग प्रतिस्पर्धा गर्दैछ ।
ब्रायन लारा क्रिकेट स्टेडियममा सन्दीपको टिम जमैकाले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । सेन्ट लुसियाले केहि बेरमा ब्याटिङ थाल्नेछ ।
सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप प्लेईङ सेटमा अटाएका छन् ।
सन्दीप जमैकाको पहिलो खेलमै प्लेईङ सेटमा परेका हुन् । सन्दीपले जमैकाबाट पहिलो पटक खेल्न लागेका हुन् ।
जमैकाले सन्दीपलाई यस पटक ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको थियो ।







-1766305902285.jpeg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)


-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)