क्रिकेट दक्षिण अफ्रिकाका अध्यक्षद्वारा राजीनामा
सोमबार, ०१ भाद्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । क्रिकेट दक्षिण अफ्रिकाका अध्यक्ष क्रिस निन्जानीले राजीनामा दिएका छन् ।
अध्यक्ष क्रिसले शनिबार तत्कालबाट लागु हुने गरी राजीनामा दिएको क्रिकइन्फोले जनाएको छ ।
क्रिकेट दक्षिण अफ्रिकाले सोमबार एक विज्ञप्ति निकाल्दै अध्यक्ष क्रिसले राजीनामा दिएको पुस्टि गरेको छ ।
अ क्षको कार्यकाल सकिन तीन हप्ता अघि उनले राजीनामा दिएका हुन् ।
क्रिस सन् २०१३ बाट दक्षिण अफ्रिका क्रिकेटको अध्यक्ष रहेका थिए ।
क्रिसको राजीनामासँगै अब सेप्टेम्बर ५ सम्म क्रिकेट दक्षिण अफ्रिका अध्यक्ष विहीन रहने भएको छ ।
सेप्टेम्बर ५ मा नयाँ अध्यक्ष चयनका लागि निर्वाचन हुने क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ ।







-1766305902285.jpeg&w=3840&q=75)


-1766407401552.jpeg&w=3840&q=75)


-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)