• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कप्तान धोनी – जसले आईसीसीका सबै उपाधि जिते
खेलपाटी संवाददाता
आइतबार, साउन ३२, २०७७ खेलपाटी संवाददाता
कप्तान धोनी – जसले आईसीसीका सबै उपाधि जिते

एजेन्सी । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

धोनीले शनिबार १६ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै धोनीले सन्यास घोषणा गरेका हुन् ।

३९ बर्षीय धोनीले सन् २०१९ को विश्वकपपछि भारतबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् ।

सन् १९८१ को जुलाई ७ मा भारतको पुर्वी भाग राँचीमा जन्मिएका धोनी बाल्यकालमा फुटबल र ब्याडमिन्टनमा एकदमै रुचि राख्दथे ।

धोनीका पिता पान सिंह धोनी मेकनमा पम्प अपरेटरको रुपमा काम गर्दथे । आमा देवकी देवी गृहिणी थिइन् । उनका दाइ नरेन्द्र सिंह धोनी राजनीतिमा लागेका छन् भने दिदी जयन्ती गुप्ता शिक्षिका रहेकी छिन् ।

धोनी आफ्नो फुटबल टोलीका गोलरक्षक थिए । उनी जिल्ला तथा राज्य स्तरिय प्रतियोगिता खेल्न गर्दथे, तर फुटबल प्रशिक्षकको करका कारण उनी क्रिकेट खेल्न थाले ।

MS Dhoni: Life-History & Success Story » StarsUnfolded

करिअर

उनले तीन बर्ष (१९९५–१९९८) मा स्थानीय क्लब कमान्डो क्रिकेट क्लबबाट खेले । उनको विकेट–किपिङको अद्भुत क्षमताले नै उनलाई टोलीमा स्थान दिएको थियो । सन् १९९७–९८ को सिजनमा ‘विनु मनकड यु–१६ च्याम्पियनसिप’मा उनको प्रदर्शन उल्लेख्य रह्यो ।

धोनी बिहारको १९ बर्ष मुनिको टोलीमा छनौट हुन सके । उनको सुधारिएको ब्याटिङ र किपिङको सहयोगमा उनी सन् १९९९ र २००० को रणजी ट्रफीका लागि छनौट भए । उनले रणजीमा असामको टोलीविरुद्ध डेब्यु गर्दै अविजित ६८ रन प्रहार गरे ।

अर्को सिजनमा उनले आफ्नो पहिलो शतक लगाए । तर सन् २००३ को अन्त्यसम्म उनको प्रत्येक खेलमा औसत स्कोर ४० को हाराहारीमा थियो । उनी सन् २००३ मा पाकिस्तान ‘ए’ र केन्यासँगको त्रिकोणात्मक सिरिजका लागि भारतको ‘ए’ टिममा बोलाइए । उनले सो सिरिजका दौरान ७२ दशमलव ४ को औसतमा ३ सय ६२ रन गराउन सके । उनले पाकिस्तानविरुद्ध लगातार शतक प्रहार गरे ।

घरेलु क्रिकेट र अन्तर्राष्ट्रिय भ्रमणमा सम्झनलायक प्रदर्शन गरेपछि उनलाई सन् २००४–०५ मा बंगलादेश भ्रमणमा जाने टोलीमा मौका दिइएको थियो । उनले आफ्नो डेब्यु खेलमा रनआउट हुँदै डक आउट भएपनि पाँचौ एकदिवसीय खेलमा पाकिस्तानविरुद्ध १ सय २३ बलमा १ सय ४८ रन गराएका थिए । त्यो प्रदर्शन कुनै पनि भारतीय विकेटकिपरले बनाएको व्यक्तिगत स्कोर भन्दा बढी थियो । यसले टोलीमा उनको उपस्थिती झनै मजबुत गरायो ।

सन् २००५ को नोभेम्बरमा भारतले २ सय ९९ रनको कठिन लक्ष्य पछ्याइरहेको थियो । त्यस खेलमा धोनीले १ सय ४५ बलमा १ सय ८३ रन बनाउँदै खेल भारतको पक्षमा पार्न सके । उनले सो सिरिजमा ३ सय ४६ रन गराउँदै ‘म्यान अफ दि सिरिज’ जित्न सके ।

M S Dhoni: Before he became a giant | Business Standard News

२००७ को विश्वकप

सन् २००७ को आईसिसी विश्वकपको तयारीका लागि भारतले वेस्ट इन्डिज र श्रीलंकासँग अभ्यास सिरिज खेलेको थियो । सो सिरिजमा भारतले दुबै टोलीमाथि ३–१ को जित हात पार्न सक्यो । धोनीले भारतका लागि दुवै सिरिजमा सय भन्दा बढीको औसत रन गराए ।

तर विश्वकपमा धोनीको ब्याटबाट धेरै रन बन्न सकेन । भारतले बंगलादेश र श्रीलंकासँग हार ब्यहोर्दै समुह चरणबाटनै बाहिरियो । दुबै हारमा धोनी रननै नबनाई ‘डक आउट’ भएका थिए । यो प्रदर्शनले भारतीय समर्थकलाई निराश बनायो र उनीहरुले धोनीले बनाउन लागेको घरमा तोडफोड गरिदिएका थिए ।

विश्वकपबाट बाहिरिएपछि दक्षिण अफ्रिका र इंग्ल्याण्डसँगको सिरिजका लागि धोनीलाई टोलीको उपकप्तान बनाइयो । सन् २००५ डिसेम्बरमा क्रिकेट बोर्डबाट ‘बि’ ग्रेडको सम्झौता पाएका धोनीलाई सन् २००७ जुनमा ‘ए’ ग्रेडको दिइएको थियो ।

सन् २००७ सेप्टेम्बरमा आईसिसी टि–ट्वान्टी विश्वकपमा उनलाई कप्तान बनाइएको थियो । उनले पहिलो पटक कप्तानका रुपमा स्कटल्याण्डसँग खेलेका थिए, जुन खेल पानीले असर पारेको थियो । त्यसपछि फाइनलमा पाकिस्तानलाई हराउँदै उनको कप्तानीमा भारतले विश्वकप जित्न सफल भयो ।

सेप्टेम्बर २ मा धोनीले एकैखेलमा विकेट किपरका रूपमा ६ पटक आउट गर्न भुमिका खेल्दै एडाम गिलक्रिस्टको कीर्तिमान बराबरी गरे । सन् २००८ मा उनी भारतको टेस्ट टोलीको कप्तान चुनिए ।

वरियतामा दबदबा

सन् २००९ मा भारत र अस्ट्रेलियाबीचको सिरिजका बेला धोनीले उत्कृष्ट प्रदर्शन गरे । दोश्रो एकदिवसीयमा उनले १ सय ७ बलमा १ सय २४ रन गराउन सके । यस्तै, तेस्रो एकदिवसीयमा धोनीले युवराज सिंहसँग साझेदारी गर्दै ९५ बलमा ७१ रन गराए । सन् २००९ सेप्टेम्बर ३० मा धोनीले अन्तर्राष्ट्रिय स्तरमा पहिलो विकेट लिन सके ।

च्याम्पियन्स ट्रफीमा उनले वेस्ट इंन्डिजका ट्राभिस डाउलिनको विकेट लिएका थिए ।

सन् २००९ मा धोनीले आईसीसीको एकदिवसीय ब्याट्सम्यानको वरियतामा दबदबा जमाए । उनलाई सन् २०१० को सुरुवातमा माइकल हसीले पछि पारिदिए ।

सन् २००९ मा उनले १ हजार १ सय ९९ रन बनाउँदै सो बर्षमा सर्वाधिक रन बनाउने खेलाडीको सुचीमा रिकी पोन्टिङसँग बराबरी गरे । त्यस बर्ष उनलाई एकदिवसीय विश्व ११ को टोलीको कप्तान र विकेटकिपर बनाइएको थियो ।

विश्वकप २०११ र च्याम्पियन्स ट्रफी २०१३

आईसीसी क्रिकेट विश्वकप सन् २०११ म भारतमा आयोजना भयो । विश्वकपमा धोनी नेतृत्वको भारतलाई प्रतियोगिताको दाबेदार मानिएको थियो । सो विश्वकपमा धोनीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ७ इनिङ्समा उनले १ सय ५० रन मात्र गराउन सके । तर भारत फाइनलमा पुगेको थियो । फाइनलमा श्रीलंकासँग खेल्दा भारतले २ सय ७५ रनको लक्ष्य पछ्याइरहेको थियो ।

फाइनल अघि खासै प्रभाव नजमाएका धोनीले फाइनलमा गौतम गम्भीर र युवराज सिंहसँग साझेदारी गर्दै अविजित ९१ रन गराए । उनले ऐतिहासिक छक्का प्रहार गरेर खेल सकेका थिए । उनको यो प्रदर्शनमा भारतले सन १९८३ पछि विश्वकप जित्न सफल भयो । यस्तै उनको कप्तानीमा भारतले २०१३ को च्याम्पियन्स ट्रफी जित्न सक्यो । उनको ब्याटबाट दुई खेलमा जम्मा २७ रन बनेपनि उनको रणनीति काम आयो र भारतले प्रतियोगिता जित्यो ।

२०१५ विश्वकप

सन् २०१५ को आईसीसी क्रिकेट विश्वकपको समूह चरणमा धोनी सबै खेल जित्ने पहिलो कप्तान बने । क्वार्टरफाइनलमा बंगलादेशलाई हराउँदै उनी अस्ट्रेलियन कप्तान बाहेक १ सय एकदिवसीय जित्ने पहिलो कप्तान बने । तर भारत सेमिफाइनलबाटै घर फर्कनु प¥यो । भारत सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । सो खेलमा उनले ६५ रन बनाएपनि उपाधि होडमा भारतलाई अगाडि बढाउन सकेनन् ।

सन् २०१७ को जनवरीमा धोनीले सिमित–ओभर क्रिकेटमा कप्तानीको पदबाट राजिनामा दिए । सन् २०१४–१५ को सिजनमा टेस्टबाट सन्यास लिएका धोनीले सन् २०१७ मा नयाँ खेलाडीलाई कप्तानी दिनु पर्ने भन्दै राजिनामा दिएका थिए ।

२०१९ विश्वकप

सन् २०१९ विश्वकपमा भारत सेमिफाइनलमा न्युजिल्याण्डसँग पराजित भएको थियो । सो खेलमा धोनीले अर्धशतक बनाएपछि रन आउट हुन पुगेका थिए । त्यस खेल उनको व्यक्तिगत ३ सय ५० औ एकदिवसीय समेत रहेको थियो ।

टेस्ट करिअर

धोनीको कप्तानीमा भारतले पहिलो पटक टेस्ट वरियतामा पहिलो स्थान हात पार्न सक्यो । धोनी टेस्ट क्रिकेटमा २७ जित सहित सर्वाधिक सफल भारतीय कप्तान हुन् ।

उनी टेस्टमा ४ हजार रन प्रहार गर्ने पहिलो भारतीय विकेटकिपर हुन् । धोनीले अस्ट्रेलियाविरुद्ध प्रहार गरेको २ सय २४ रन कुनै पनि भारतीय कप्तानले प्रहार गरेको तेस्रो उच्च स्कोर हो । धोनी टेस्ट क्रिकेटमा एकै इनिंग्समा सर्वाधिक रन बनाउने भारतीय विकेटकिपर हुन् । धोनी ५० छक्का प्रहार गर्ने पहिलो भारतीय कप्तान हुन् ।

एकदिवसीय करिअर

धोनी सय एकदिवसीय जित्ने तेस्रो कप्तान हुन् । उनी एकदिवसीयमा १० हजार रन बनाउने दोश्रो विकेटकिपर हुन् भने चौंथो भारतीय हुन् । छैटौं स्थानमा ब्याटिङ गर्ने क्रममा उनी सर्वाधिक रन (४ हजार ३१) बनाउने खेलाडी हुन् ।

उनी सबैभन्दा बढी अविजित (८२ पटक) रहने खेलाडीको कीर्तिमान राखेका छन् । उनी एकदिवसीयमा २ सय छक्का प्रहार गर्ने पहिलो भारतीय हुन् । धोनीले सन् २००५ मा श्रीलंकाविरुद्ध बनाएको अविजित १ सय ८३ रन विकेटकिपरले बनाएको सबैभन्दा बढी स्कोर हो ।

एकदिवसीय इतिहासमा उनी सबैभन्दा बढी खेल खेल्ने कप्तान हुन् । धोनी एकदिवसीयमा सबैभन्दा बढी (१२०) स्टम्पिङ गर्ने विकेटकिपर हुन् । उनी सय स्टम्पिङ कटाउने एकमात्र विकेटकिपर हुन् । साथै धोनी एकदिवसीयमा ३ सय क्याच लिने पहिलो विकेटकिपर हुन् ।

Dhoni's T20 World Cup inclusion rests on IPL performance, says Shastri

टी–ट्वान्टी करिअर

टी–ट्वान्टी क्रिकेटको इतिहासमा कप्तानका रुपमा धोनी सबैभन्दा बढी खेल्ने (७२) र सबैभन्दा बढी (४१) खेल जित्ने कप्तान हुन् । उनले टी–ट्वान्टीमा लगातार ८४ इनिङ्ससम्म डकआउट नभएको रेकर्ड राखेका छन् । धोनी टी–ट्वान्टीमा सबैभन्दा बढी क्याच, स्टम्पिङ र डिस्मिसल गर्ने विकेटकिपर समेत हुन् ।

-एजेन्सीको सहयोगमा अनिस भट्टराईले तयार पारेको रिपोर्ट

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP