मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

रंगशाला निर्माणमा आर्थिक अभाब, उधारो नै ४ करोड नाघ्यो

शुक्रबार, ३० श्रावण २०७७खेलपाटी संवाददाता
रंगशाला निर्माणमा आर्थिक अभाब, उधारो नै ४ करोड नाघ्यो

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण स्थलमा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल । फोटो : धुर्मुस सुन्तली फाउन्डेसन

mustang rice ad

चितवन । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम तिब्र गतिमा हुँदै आएको छ ।

कोरोना भाईरसको महामारीले लागू गरिएको लकडाउनले झण्डै एक महिना काम बन्द रहेपनि बैशाख २० गतेबाट सुरक्षा शतर्कता अपनाएर निर्माण कार्य सुरु गरिएको छ ।

हाल रंगशालामा मुख्य मैदानको ८५ प्रतिशत काम सकिएको छ । यस्तै, ३० हजार दर्शक क्षमता रहने रंगशालाको प्यारापिट निर्माणका लागि पिल्लर ढलान काम हुँदै आएको छ ।

मैदानको पश्चिमतर्फ रहेको स्ट्याण्ड ए र बीमा हाल पिल्लर उठाउने काम हुँदै आएको छ ।

काम तिब्र गतिमा हुँदै आएपनि फाउन्डेसनमा आर्थिक अभाव देखिएको छ । झण्डै ३ अर्ब खर्च लाग्ने अनुमान गरिएको रंगशालामा हालसम्म मात्र १७ करोड २२ लाख ३ हजार ९ सय २ रुपैयाँ संकलन भएको छ ।

निर्माण कार्य सुरु गर्नु अघि फाउन्डेसनको आन्तरिक कोषमा २ करोड १४ लाख ७ हजार ५ सय ३९ रुपैयाँ रहेको थियो ।

रंगशाला निर्माणमा आर्थिक पाटो सम्हाल्दै आएका मुक्ति तिमल्सिनाले संकलन भएको भन्दा बढी पैसा रंगशाला निर्माणमा खर्च भएको बताए । हालसम्म २१ करोड ४४ लाख ५ हजार १ सय ५१ रुपैयाँ खर्च भएको छ ।

आर्थिक अभाबका कारण फाउन्डेसनको उधारो मात्र ४ करोड २२ लाख १ हजार २ सय ४९ रुपैयाँ भइसकेको छ ।

Image may contain: 1 person, child and outdoorफाउन्डेसनले निर्माण घोषणा गर्दा दाताबाट सहयोग रकम संकलन गरेर रंगशाला बनाउने लक्ष्य लिएको थियो ।

यस्तै, आर्थिक सहयोग जुटाउन फाउन्डेसनले रंगशाला प्रांगणमा धान्यांचल महायज्ञ लगाएको थियो । जसबाट झन्डै ७० करोड रकम दाताहरुले सहयोग गर्ने घोषणा गरेका थिए ।

जसमा घोषणा गरिएको रकम मध्य असार मसान्तसम्म ७ करोड ८९ लाख ५८ हजार १ सय रुपैयाँ उठेको छ भने अझै ६१ करोड उठ्न बाँकी छ ।

सहयोगका लागि कबुल गरिएको रकम समयमा नपाउँदा रंगशाला निर्माणमा आर्थिक संकट देखिएको छ । फाउन्डेसनले आर्थिक सहयोग बाहेक जिन्सी सहयोग समेत पाउँदै आएको छ । रंगशाला निर्माणका लागि ५२ लाख ७१ हजार बराबरको जिन्सी सहयोग प्राप्त भएको छ ।

Image may contain: one or more people, sky, cloud and outdoorआर्थिक ब्यवस्थापन सहज भएको अवस्थामा फाउन्डेसनले अबको १८ महिना भित्र रंगशाला पूर्ण रुपमा तयार गर्ने लक्ष्य राखेको छ ।

यो पनि हेर्नुहोस :

गौतमबुद्ध रंगशाला – संकट झेल्दै, अघि बढ्दै

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !