डिफेन्डर मोहम्मद साउथह्याम्पटनमा
बिहिबार, साउन २९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब साउथह्याम्पटनले घानाका डिफेन्डर मोहम्मद सलिसुलाई अनुबन्ध गरेको छ ।
सेन्टर ब्याक मोहम्मदलाई साउथह्याम्पटनले स्पेनिस क्लब रियल भाल्लाडोलिडबाट अनुबन्ध गरेको हो ।
साउथह्याम्पटनले उनलाई १०.९ मिलियनमा अनुबन्ध गरेको बताईएको छ ।
२१ वर्षीय डिफेन्डरले साउथह्याम्पटनसँग चार वर्षको सम्झौता गरेका छन् ।
'मोहम्मद अनुबन्ध साउथह्याम्पटनको महत्वपूर्ण सम्झौता हो,' सम्झौतापछि क्लबका प्रशिक्षक राल्फले भने ।
यस सिजन मोहम्मदले स्पेनिस क्लबका लागि ३२ खेल खेलेका थिए ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


