लिभरपुलको 'अवे जर्सी' सार्वजनिक
बिहिबार, साउन २९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब लिभरपुलले नयाँ सिजनका लागि 'अवे जर्सी' सार्वजनिक गरेको छ ।
प्रिमियर लिग च्याम्पियन लिभरपुलले सन् २०२०/२१ को लागि अवे जर्सी सार्वजनिक गरेको हो ।
नाइकी कम्पनीले निर्माण गरेको नयाँ जर्सीमा लिभरपुलले अघिल्लो सिजनको भन्दा केहि फरक बनाएको छ ।
लिभरपुलले नयाँ जर्सीको बिक्रि सुरु भएको समेत जनाएको छ ।
होम जर्सी भने लिभरपुलले यस अघि नै सार्वजनिक गरिसकेको छ ।
लिभरपुलले यस सिजन प्रिमियर लिगको उपाधि जितेको थियो ।
लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको हो ।
यस सिजन लिभरपुलले म्यानचेस्टर सिटीलाई पछि पार्दै उपाधि जितेको हो ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


