च्याम्पियन्स लिग : एट्लेटिकोलाई लाईपजिगको चुनौती

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा आज (बिहिबार) राति एट्लेटिको मड्रिड र आरबी लाईपजिग भिड्दैछन् ।
पोर्चुगलको एस्टाडियो जोसे अल्भालेड रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।
जर्मन क्लब लाईपजिगले पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको हो । स्पेनिस क्लब भने पछिल्लो ६ बर्षमा दुई पटक च्याम्पियन्स लिगको फाईनल प्रवेश गरेको छ ।
‘उनीहरुसंग दुई लेगको निकै राम्रो अनुभव छ । तर एक खेलमा जे पनि हुन सक्छ ।’ लाईपजिगका म्यानेजर जुलियन नागल्सम्यानले भने ।
कोरोना महामारीको कारण च्याम्पियन्स लिगको क्वार्टरफाईनलपछिको खेल सिंगल लेगमा खेलाईएको छ ।
‘अवस्थाले हामी चिसो पानीमा फ्याकिएका छौ ।’ उनले थपे ।
खेलको विजेता टिमले फाईनल प्रवेशका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी)संग खेल्नेछ ।
च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा उत्रदै गर्दा एटलान्टासंग फरवार्ड टिमो वार्नर हुने छैनन् । उनीले यसै सिजन चेल्सीसंग ५४ मिलियन पाउण्डको सम्झौता गरेका छन् ।
वार्नरले यस सिजन सबै प्रतियोगितामा ३४ गोल गरेका थिए । आरबी आईपजिगले तेस्रो स्थानमा रहदै बुन्डेसलिगा अन्त्य गरेको थियो ।
‘वार्नर हामीसंग छैनन् । तर कसरी सुरुवात गर्न भनेर मैले भन्न सक्दिन ।’ उनले थपे ।
‘तर हामीसंग खेलाडी छन् । जसले खेल्न पाएको थिएन । अब वार्नर नभएपछि उसले मौका पाउनेछ ।’ उनले भने ।
यता, एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले लकडाउन अघि लिभरपुलबिरुद्ध प्राप्त जितलाई बिर्सने बताए ।
‘धेरै महिना बितेको छ । लिभरपुलबिरुद्ध प्राप्त जितपछि आएको उत्साह, लकडाउनको उथल पुथलका कारण केही तल झरेको छ । किनकी सय भन्दा बढी दिन हामीले क्वारेन्टिनमा बिताएका छौ ।’ सिमोनले भने ।
‘फेरी सुरु भएको ला लिगा टाढाको जस्तो लाग्छ । यो जित एट्लेटिको मड्रिडको ईतिहासको हिस्सा हुनेछ । यो नयाँ यात्राको सुरुवात हुनेछ ।’ उनले भने ।
‘म दोह¥याउन चाहन्छु, भोलिका लागि जित महत्वपूर्ण हुने छैन । यो केवल एक चिज हो, जो तपाई गर्न सक्नुहुनेछ । हामी त्यसरी खेल्नका लागि तयार छौ ।’ उनले भने ।
बिहिबारको खेल अघि एटलेटिकोका फरवार्ड एन्जल कोरेया र डिफेन्डर सिमी व्रसालजलाई कोरोना संक्रमण पुष्टि भएको थियो । दुवै खेलाडीलाई एकान्तवासमा राखिएको छ । दुवै खेलाडीले च्याम्पियन्स लिगका बाँकी खेल गुमाउनेछन् ।