सेक्सपियर एस्टनको सहायक प्रशिक्षक
२०२० अगस्ट ७, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । लेष्टर सिटीका पूर्व प्रशिक्षक क्रेग सेक्सपियर एस्टन भिल्लाको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।
एस्टनले शुक्रबार सेक्सपियरलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।
लेष्टरले सन् २०१६ मा प्रिमियर लिगको उपाधि जित्दा सेक्सपियर सहायक प्रशिक्षक रहेका थिए । क्लाउडियो रानिएरी बर्खास्तमा परेपछि सेक्सपियरले लेष्टर सम्हालेका थिए ।
तर, लेष्टरको मुख्य प्रशिक्षक चयन भएको चार महिनापछि नै उनी बर्खास्तमा परेका थिए ।
एस्टनको मुख्य प्रशिक्षक भने डीन स्मिथ रहेका छन् । यस्तै एस्टनसँग जोन टेरी र रिचार्ड ओ'केली पनि सहायक प्रशिक्षकको रुपमा रहेका छन् ।