भान पर्सी फायनुर्डको प्रशिक्षक
२०२० अगस्ट ७, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । नेदरल्यान्ड्सका पूर्व कप्तान रोबिन भान पर्सी डच क्लब फायनुर्ड फर्किएका छन् ।
आर्सनल तथा म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड भान पर्सी प्रशिक्षकको रूपमा फायनुर्ड फर्किएका हुन् ।
भान पर्सीले सन् २०१८/१९ को सिजन फायनुर्डबाट व्यवसायिक फुटबल खेलेका थिए ।
फायनुर्ड छाडेपनि भान पर्सी क्लब बिहिन रहेका थिए ।
तर, भान पर्सीलाई फायनुर्डले मुख्य प्रशिक्षक डिक एड्भोकाटको सहायकको रुपमा क्लब फर्काएको हो ।
३७ वर्षीय भान पर्सीले फायनुर्डबाटै व्यवसायिक फुटबलको यात्रा सुरु गरेका थिए ।
उनले सन् २००४ देखि २०१२ सम्म आर्सनलबाट खेलेका थिए । त्यसपछि उनले तीन सिजन युनाइटेडका लागि खेलेका थिए ।
भान पर्सीले नेदरल्यान्ड्सका लागि १ सय २ खेलमा ५० गोल गरेका छन् ।