एजेन्सी । म्यानचेस्टर सिटी तथा बार्सिलोनाका लेजेण्ड याया टोरेले आफुलाई अनुबन्ध गर्न भारतीय क्लबहरुलाई प्रस्ताव राखेका छन् ।
इन्डियन सुपर लिग (आईएसएल) को नयाँ सिजनका लागि मिडफिल्डर टोरेले आफुलाई अनुबन्ध गर्न भारतीय क्लबलाई प्रस्ताव गरेका हुन् ।
टाइम्स अफ इन्डियाका अनुसार टोरेले दुई आईएसएल क्लबलाई अनुबन्धको लागि प्रस्ताव गरेको जनाएको छ ।
आइभरी कोस्टका ३७ वर्षीय टोरेले गोआ एफसी र बेंगलुरु एफसीलाई अनुबन्धको लागि प्रस्ताव गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
तर, टोरेको तलब महँगो भएको कारण दुवै क्लबले प्रस्तावलाई अस्विकार गरेको बताईएको छ ।
'हामी आश्चर्यमा परेका थियौं । उनी इन्डिया आउन चाहन्छन् । यद्दपी उनको तलब महँगो हुने कारणले हामीले उनलाई पछ्याएनौं,' गोआका फुटबल डिरेक्टर रभी पुस्करले भने ।
टोरे अहिले चिनियाँ क्लबबाट खेलिरहेका छन् । चीन आउनु अघि सन् २०१० देखि २०१८ सम्म उनले सिटीका लागि खेलेका थिए ।
यस्तै उनले २००७ देखि १० सम्म स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका थिए ।