• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
खड्का कार्यवाहक अध्यक्ष
खेलपाटी संवाददाता
मंगलबार, साउन २०, २०७७ खेलपाटी संवाददाता
खड्का कार्यवाहक अध्यक्ष

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।

जिल्ला संघको मंगलबार बसेको कार्यसमितिको बैठकले खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघिका अध्यक्ष प्रमोद पराजुलीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । त्यस ठाउँमा जिल्ला कार्यसमितिका उपाध्यक्ष खड्कालाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

पराजुली राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत भक्तपुर जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षकका रुपमा कार्यरत छन् ।

राष्ट्रिय खेलकुद ऐन– २०७७ मा राखेपमा कार्यरत कुनैपनि कर्मचारीले कुनैपनि तहको खेलकुद संघमा बस्न नपाउने प्रावधान रहेको छ । सोही अनुसार पराजुलीले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

नयाँ ऐनकै प्रावधान अनुसार कार्यसमितिका उपाध्यक्ष राजकुमार लामाले पनि पदबाट राजीनामा दिइसकेका छन् । उनी सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षक हुन् । उक्त पद भने पछि पदपूर्ति गरिने कार्यसमितिले जनाएको छ ।

निवर्तमान अध्यक्ष पराजुलीले तेक्वान्दो मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, कार्यसमितिका पदाधिकारी र तेक्वान्दो डोजाङका प्रमुखलगायतको उपस्थितिमा भएको कार्यक्रममा खड्कालाई कार्यसमितिको निर्णय पुस्तिका हस्तान्तरण गरे ।

सो अवसरमा पराजुलीले खड्कालाई कार्यकाल पूर्ण सफलताका शुभकामना दिदै सबैको सरसल्लाह लिएर तेक्वान्दोको विकासमा लाग्न सुझाए ।

अध्यक्ष खड्काले तेक्वान्दोका अग्रज र साथीभाइको सुझाव÷सल्लाह अनुसार अगाडि बढ्ने बताउदै कार्यसमितिलाई देशकै नमुना संघका रुपमा स्थापित गर्न प्रयत्न गर्ने प्रतिबद्धता जनाए ।

खड्काले २०५० सालदेखि तेक्वान्दो खेल्न सुरु गरेका थिए । सन् २००९ मा प्रतियोगिता खेल्ने क्रममा उनको खुट्टामा गम्भीर चोट लागे पछि करिब २ वर्ष खेल यात्रामा ‘ब्रेक’ लागेको थियो । चोटमुक्त भएपछि पनि ग्योरोगी (फाइट) विधालाई त्यागी उनले पुम्से विधामा आफ्नो खेल यात्रालाई सुचारु गरे ।

उनले सुदूरपश्चिमाञ्चलमा भएको छैटौं राष्ट्रिय खेलकुदमा पुम्सेतर्फ स्वर्ण जितेका थिए । हाल उनी प्रशिक्षक र निर्णायकका रुपमा बढी व्यस्त छन् । खेलाडी, प्रशिक्षकका साथै निर्णायकको भूमिकामा उनले करिब ३२ राष्ट्रको भ्रमण गरिसकेका छन् । खेलाडीका रुपमा उनले १९ अन्तर्राष्ट्रिय स्वर्ण जितेका छन् भने केयौं पटक उत्कृष्ट निर्णायक पनि चुनिएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दो तीनै विधाका एक्लो नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

खड्काले डाँछीमा तेक्वान्दो एकेडेमी पनि सञ्चालन गर्दै आएका छन् । नेप्लिज तेक्वान्दो एकेडेमीका नाममा सञ्चालित यस एकेडेमीमा उनले आर्थिक अवस्था कमजोर भएका १५ जनालाई निःशुल्क प्रशिक्षण गराउदै आएका छन् । उनी एकेडेमीका अध्यक्ष पनि हुन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP