एजेन्सी । युभेन्ट्सका फरवार्ड गोन्जालो हिगुईनले इटालियन सिरी 'ए' फुटबल अन्तर्गत उडिनेजेविरुद्धको खेल गुमाउने भएका छन् ।
चोटका कारण हिगुईनले उडिनेजेसँग खेल गुमाउने भएका हुन् । उनले लाजियोसँगको खेल दौरान चोट बोकेका थिए ।
युभेन्ट्सले उडिनेजेविरुद्ध खेल्ने २३ सदस्सीय टोलीमा उनलाई समावेश गरेको छैन । यस सिजन हिगुईनले ७ गोल गरिसकेका छन् ।
उडिनेजेसँग युभेन्ट्सले आज राति उसैको मैदानमा खेल्नेछ । जुन खेल युभेन्ट्सले उपाधि जित्ने खेलको रुपमा हेरिएको छ ।
युभेन्ट्सलाई यस सिजन उपाधि जित्न मात्र ३ अंकको आवश्यकता रहेको छ । यस्तोमा उडिनेजेलाई हराउँन सकेमा युभेन्ट्स तीन खेल अगावै च्याम्पियन बन्नेछ ।
युभेन्ट्सले घरेलु टोलिविरुद्ध ३ अंक जोडेमा लगातार नवौं सिजन सिरी 'ए' को उपाधि जित्नेछ ।
युभेन्ट्सले सन् २०११/१२ को सिजन यता लगातार उपाधि जित्दै आइरहेको छ । यस्तै युभेन्ट्सले ३६ औं सिरी 'ए' उपाधि जित्नेछ ।
