एजेन्सी । स्पेनिस क्लब भिल्ला रियलले टिमको मुख्य प्रशिक्षकमा युनाई इम्रीलाई नियुक्त गरेको छ ।
इंग्लिस क्लब आर्सनलका पूर्व प्रशिक्षक समेत रहेका इम्रीलाई भिल्लाले बिहीबार प्रशिक्षक नियुक्त गरेको हो ।
स्पेनिस प्रशिक्षक इम्रीले भिल्लासँग तीन वर्षको सम्झौता गरेका छन् ।
सम्झौतासँगै ४८ वर्षीय इम्री सन् २०२३ सम्म भिल्लामा रहने छन् ।
इम्रीलाई गत नोभेम्बरमा आर्सनलले बर्खास्त गरेको थियो । त्यसयता उनी टिम बिहीन रहेका थिए ।
प्रशिक्षक इम्रीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), स्पेनकै सेभिया र भ्यालेन्सियाको मुख्य प्रशिक्षक रहेर काम गरिसकेका छन् ।