एजेन्सी । युरोपियन लिगको खेलाडी किनबेच (ट्रान्सफर विन्डो) खुल्नै लाग्दा ह्याकरहरुको निशानामा इंग्लिस प्रिमियर लिग क्लब परेका छन् ।
इंग्ल्यान्डको राष्ट्रिय साइबर सेक्युरिटी सेन्टर (एनसीएससी) ले बिहीबार प्रिमियर लिग क्लबलाई ह्याकरले हमला गर्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।
एनसीएससीले हालै एक क्लबबाट ह्याकरले १ मिलियन डलर चोर्न खोजेको जानकारी दिदै क्लबहरुलाई सचेत गराएको हो ।
ह्याकरले क्लबको म्यानेजिङ डिरेक्टरको इमेल अकाउन्ट ह्याक गर्दै १ मिलियन चोर्न खोजेको जनाएको छ । तर, बैंकको कारण उक्त रकम चोरी हुनबाट जोगिएको जनाएको छ ।
एनसीएससीले यस्ता घटना बढिरहेको र ट्रान्सफर विन्डोको समय प्रिमियर लिग क्लब लक्षित भएको कारण क्लबलाई सचेत रहन चेतवानी समेत दिएको छ ।