शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन गेम्सको दशौं दिन : पदकको आश गरेको करातेमा निराशा

सोमबार, ११ भाद्र २०७५खेलपाटी संवाददाता
एसियन गेम्सको दशौं दिन : पदकको आश गरेको करातेमा निराशा
Loading ad...
mustang rice ad

काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत दशौं दिन सोमबार पनि नेपालको लागि निराश दिन रह्यो ।

नेपालले सोमबार आधा दर्जन खेलमा प्रतिस्पर्धा गरेको थियो । तर, अघिल्ला ९ दिन झैँ नेपालले आफ्नो सुन्य पदकको यात्रा कायम राख्यो ।

मुख्यत सोमबार नेपालले पदक जित्ने खेलमा रहेको दुई खेलको चुनौती नै सकियो । कराते र बक्सिङमा नेपालले पदक जित्ने आश गरेको थियो । तर, दुवै खेलका खेलाडीले देशको लागि पदक जित्न सकेनन् । करातेको महिला स्पर्धामा नेपालकी अनु अधिकारी कांस्य पदकका लागि भिडे पनि चुकिन् ।

एसियन गेम्समा नेपाललाई सर्वाधिक पदक दिलाउने खेलमा कराते र बक्सिङ समेत पर्छ । तर, एसियन गेम्समा सर्वाधिक पदक दिलाउने तेक्वान्दोपछि कराते र बक्सिङमा पनि नेपाल सुन्य हात घर फर्किएको छ । एसियन गेम्सको अघिल्ला संस्करणमा नेपालले तेक्वान्दोबाट १ रजत र १३ कांस्य, बक्सिङबाट ६ कांस्य र करातेबाट ३ कांस्य जितेको छ ।

एसियन गेम्सको दशौं दिन नेपालको ठुलो सफलता एक राष्ट्रिय कीर्तिमान तय हुनु रह्यो । नेपालका सोमबहादुर कुमालले ८ सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । अन्य खेलमा नेपालको प्रदर्शन हार बढी रह्यो ।

एसियन गेम्समा नेपाल पदकको प्रतिक्षामा रहदा चीनले आफ्नो शीर्ष स्थान यथावत राखेको छ । चीनले ८६ स्वर्णसहित कुल १९१ पदक जितेको छ । दोस्रो स्थान रहेको जापान ४३ स्वर्णसहित कुल १३६ पदक जितेको छ । २८ स्वर्णसहित कुल १०६ पदक जितेको दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ ।

भारतले ८ स्वर्णसहित ४१ पदक जितेको छ । दक्षिण एसियाली राष्ट्रमा भारतपछि पाकिस्तानले ३ कास्य र अफगानिस्तानले एक कास्य जितेको छ ।

नेपालको दशौं दिन कस्तो रह्यो ?

एथलेटिक्स :

एथ्लेटिक्समा नेपालमा सोमबहादुर कुमालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । कुमालले ८ सय मिटर स्पर्धामा कीर्तिमान कायम गरेका हुन् । उनले निर्धारित दुरी १ मिनेट ५० दशमलव २५ सकेन्डमा पुरा गरे ।

कुमालले सन् १९९५ को साग गेम्समा धनीराम चौधरीले बनाएको कीर्तिमान भङ्ग गरेका हुन् । धनीरामले १ मिनेट ५० दशमलव ६० सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

यस्तै  सरस्वती भट्टराईले महिला ८ सय मिटर दौडमा आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी छिन् । जकार्ताको गेलारो बुङ कार्नो रंगशालामा सरस्वतीले निर्धारित दूरी २ मिनेट १२.८५ सेकेन्डमा पूरा गर्दै आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी हुन् । सरस्वतीको उत्कृष्ट व्यक्तिगत समय २ मिनेट १३.९९ सेकेन्ड थियो ।

कराते :

एसियन गेम्समा पदक जित्ने खेल करातेमा नेपालको चुनौती सकिएको छ  । ८ खेलाडी सहभागी करातेमा नेपालका कुनैपनि खेलाडीले पदक जित्न सकेनन् ।

सोमबार करातेमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ८४ केजीमुनि नेपालका दिवस श्रेष्ठ पहिलो चरणमा इरानका पोर्सब जाभिओलाहसंग ८–० ले पराजित भए ।

महिलाको ५० केजीमुनि नेपालकी अनु अधिकारी कांस्य पदकका लागि भिडे पनि चुकिन् । सागकी रजतधारी अनु कांस्य पदकका लागि भएको भिडन्तमा जापानकी मिहो मियातेरासंग ९–० ले पछि परिन् । पहिलो रिपाचेमा अनुले लाओसकी सिरिभिमाने सिरिमोङ खौनलाई ३–१ ले हराउदै कांस्य भिडन्त पक्का गरेकी थिइन् ।

पहिलो चरणमा भने अनुले मकाउकी चिङ छियुङलाई ५–१ ले पाखा लगाउदै क्वाटरफाइनलमा प्रवेश गरेकी थिइन् । क्वाटरफाइनलमा अनु ताइपेईंकी सियाउसुङ गुसंग ५–१ ले निराश हुनु पर्यो ।  सियाउसुङ फाइनलमा पुगेपछि अनुले रिपाचे खेल्ने अवसर पाएकी हुन् । एसियाली खेलकुदको १० औं दिनसम्म आइपुग्दा कुनै दुई खेलमा जित हात पार्ने अनु पहिलो नेपाली खेलाडी बनिन् । सियाउसुङले उक्त स्पर्धाको स्वर्ण पदक जितिन् ।

बक्सिङको पुरुष ७५ केजीमा १२ औं सागका कांस्य विजेता दीपक श्रेष्ठलाई ताइपेईंका चियावेइ कानले ५–० ले पराजित गरे ।

टेबलटेनिस :

टेबलटेनिसको पुरुष÷महिला दुवैको टिम इभेन्टमा नेपालको पराजय यात्रा जारी छ । पुरुषमा नेपाल दक्षिण कोरियासंग ३–० ले पराजित हुँदा लाओसलाई ३–१ ले पराजित गरेको थियो । महिलामा नेपाललाई हङकङ र भियतनामले समान ३–० को नतिजामा हराए ।

सेपाकताक्रो :

एसियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाएको सेपाकताक्रोको पुरुष रेगु स्पर्धामा नेपालको चुनौती समाप्त भएको छ । 

सोमबार नेपाल भारतसंग २–० ले पराजित भयो । त्यसअघि नेपाल चीन, मलेसिया र दक्षिण कोरियासंग पनि समान २–० को नतिजामा पराजित भएको थियो । नेपालले मंगलबार पुरुष क्वाड स्पर्धामा प्रतिस्पर्धा गर्नेछ ।

प्लाराग्लाइडिङ :

प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको तेश्रो चरण समाप्तिसम्म नेपाली पुरुष टिम चौथो स्थानमा छ । नेपाल अघिल्ले दिन तेस्रो स्थानमा थियो । आयोजक इन्डोनेसिया, जापान र दक्षिण कोरिया क्रमशः शीर्ष तीन स्थानमा छन् ।

सोही स्पर्धाको महिलामा भने नेपाल पाँचौंबाट छैटौं स्थानमा झरेको छ । जापान पहिलो, दक्षिण कोरिया दोश्रो र इन्डोनेसिया तेश्रोमा छन् । पाँचौं चरणसम्म हुने प्रतिस्पर्धा बुधबार सम्पन्न हुनेछ ।

स्क्वास :

नेपालले एसियाडमा सहभागिता जनाउने २९ खेल मध्ये अन्तिममा समावेश भएको स्क्वासको पुरुष टिम इभेन्टमा नेपाल पराजित भएको छ ।

नेपाल दक्षिण कोरिया र पाकिस्तानसंग समान ३–० को नजितमा पराजित भयो । पुरुष सिंगल्समा भने नेपालको चुनौती समाप्त भइसकेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध