शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन गेम्स नवौं दिन : राष्ट्रिय कीर्तिमान नै ठुलो सफलता

आइतबार, १० भाद्र २०७५खेलपाटी संवाददाता
एसियन गेम्स नवौं दिन : राष्ट्रिय कीर्तिमान नै ठुलो सफलता
Loading ad...
mustang rice ad

काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत नवौं दिन आइतबार  पनि नेपालले पदक जित्न सकेन । आधा दर्जन खेलमा प्रतिस्पर्धा गरेपनि नेपालले आफ्नो सुन्य पदकको यात्रा कायम राख्यो ।

आइतबार नेपालको ठुलो सफलता भारोत्तोलनको एक राष्ट्रिय कीर्तिमान रह्यो । नेपालकी तारादेवी पुनले राष्ट्रिय कीर्तिमान बनाईन् । जुन नेपालको लागि सबैभन्दा ठुलो सफलता रह्यो । अन्य खेलमा नेपालको प्रदर्शन अघिल्ला दिन झैँ पराजय मात्रै रह्यो ।

पदकको आशा गरेको करातेमा नेपालले कुनै सम्भावना देखाउन सकेन । यस्तै बक्सिङमा नेपालको प्रदर्शन निराश रह्यो ।

एथलेटिक्सको ४ सय मिटरमा नेपालका सोम बहादुर कुमालले प्रतिस्पर्धा गर्न पाएनन् । नाम दर्ता गराउन ढिला भएको भन्दै कुमाललाई  प्रतिस्पर्धा गर्न दिइएको थिएन ।

एसियन गेम्समा नेपाल पदकको प्रतिक्षामा रहदा चीनले आफ्नो शीर्ष स्थान यथावत राखेको छ । चीनले ७८ स्वर्णसहित कुल  १७४ पदक जितेको छ । दोस्रो स्थान रहेको जापान ४०  स्वर्णसहित कुल १२२ पदक जितेको छ । २७ स्वर्णसहित कुल ९४ पदक जितेको दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ ।

नेपालको दोस्रो दिन कस्तो रह्यो ?

भारोत्तोलन :

भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आइतबार ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाईन् ।

जेआई एक्सपो हल एमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कुलमा १७५ केजीको भार वहन गरिन् । यसअघि स्न्याचमा ताराको नाममा ७३ केजीको कीर्तिमान थियो । ताराले स्न्याचमा तेश्रो लिफ्टमा कीर्तिमान रचेकी हुन् । पहिलो लिफ्टमा ७० केजी उठाएकी तारा दोश्रो लिफ्टमा ७४ केजी भार वहन असफल रहिन् । तेश्रो लिफ्टमा मात्र तारा ७४ केजी वजन उचाल्न सफल भएकी थिइन् ।

क्लिन एन्ड जर्कमा ९७ केजी र कुलमा १७० केजीको कीर्तिमान पनि ताराकै नाममा थियो । तीनै कीर्तिमान ताराले नेपालगन्जमा गत जेठमा भएको एसियाली खेलकुदको छनोटमा राखेकी थिइन् । क्लिन एन्ड जर्कमा ताराले तीन लिफ्टमा क्रमशः ९३ केजी, ९८ केजी र १०१ केजी भार वहन गरेकी थिइन् । ताराले दोश्रो लिफ्टमै आफ्नो ९७ केजीको कीर्तिमानमा सुधार गरिसकेकी थिइन् ।

भारोत्तोलनमा नेपालको प्रतिस्पर्धा सकिएको छ । तारासहित ४ खेलाडीले भारोत्तोलनमा प्रतिस्पर्धा गरेका थिए । त्यसमा सन्जु चौधरी र कमलबहादुर अधिकारीले पनि राष्ट्रिय कीर्तिमान बनाए भने विकास थापा राष्ट्रिय कीर्तिमान बनाउन असफल रहे ।

 

टेबलटेनिस :

टेबलटेनिसको पुरुष÷महिला दुवैको टिम इभेन्टमा नेपाल पराजित भएको छ । जेआई एक्सपो हल बीमा पुरुषमा नेपाल चीनसंग ३–० को सोझो सेटमा पराजित भयो । महिलामा नेपाल मलेसिया र सिंगापुरसंग समान ३–० को सीधा सेटमा हा¥यो ।

पुरुष टोलीमा नेपालबाट अमरलाल मल्ल, श्यान्टु श्रेष्ठ र दीप साउनले प्रतिस्पर्धा गरेका थिए । महिलामा नवीता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जनले खेलेका थिए ।

बक्सिङ :

बक्सिङको पुरुष ६९ केजीमा नेपालका विष्णुप्रसाद घले गुरुङ पराजित भएका छन् । विष्णुलाई कतारका थुलासिमारान थारुमालिङगमले ५–० ले पराजित गरे । पुरुष ५२ केजीमा नेपालका प्रेम चौधरीलाई फिलिपिन्सका रोगन लादोनले ५–० ले स्तब्ध पारे ।

महिला ५१ केजीतर्फ नेपालकी विमला श्रेष्ठ मंगोलियाकी खेलाडीसंग ४–१ ले पराजित भईन् । 

कराते :

करातेमा आइतबार तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीनै खेलाडी पहिलो चरणमै पराजित भए ।

जेसीसी प्लेनरी हलमा भएको पुरुष ६० केजीमा नेपालका सोनाम लामा भियतनामका हाइभान नुयेनसंग ३–० तथा ६७ केजीमा नेपालका विजय लामा जापानका सिनोहारा हिरोतोसंग १–० ले पराजित भए । महिला ६१ केजीमा थाइल्यान्डकी आर्म सुक्कीआउले नेपालकी सुनीता महर्जनलाई ४–१ ले निराश पारिन् ।

सोमबार नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा दिवस श्रेष्ठ र महिलामा अनु अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पहिलो दिन शनिबार तीन नेपाली खेलाडी पराजित भइसकेका छन् ।

सेपाकताक्रो :

एसियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाएको सेपाकताक्रोको पुरुष रेगु स्पर्धामा नेपाल चीनसंग २–० ले पराजित भएको छ । जेएससी रनाउ हलमा चीन २१–४ र २१–९ ले विजयी भयो । यसअघि नेपाल मलेसिया र दक्षिण कोरियासंग समान २–० को नतिजामा पराजित भएको थियो । नेपालले सोमबार भारत विरुद्ध खेल्नेछ ।

प्लाराग्लाइडिङ :

प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको दोस्रो चरण सकिँदा नेपाली पुरुष टिम तेस्रो स्थानमा रहेको छ । नेपाली टिमले दोस्रो चरणसम्म २९ सय ४९ अंक जोडेको छ । नेपाली टिमबाट विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले खेलिरहेका छन् । ३८ सय १८ अंक जोडेर इन्डोनेसिया शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको दक्षिण कोरियाको ३१ सय ३९ अंक छ । २७ सय ७५ अंक जोडेर चौथो स्थानमा रहेको जापानले नेपाललाई पछ्याइरहेको छ । 

महिलातर्फ दोस्रो चरणको खेल सकिँदा नेपाली टिम पाँचौ स्थानमा झरेको छ । अघिल्लो दिन नेपाली महिला टिम चौथो स्थानमा थियो । नेपाली महिला टिमले अहिलेसम्म ६ सय ३८ अंक जोडेको छ । नेपाली टिममा प्रतिभा भुजेल, त्रिसा श्रेष्ठ बम्जन तामाङ र सविता तामाङ छन् । यो इभेन्टमा दक्षिण कोरिया पहिलो, जापान दोस्रो, इन्डोनेसिया तेस्रो र थाइल्यान्ड चौथोमा छन् । 

प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्ट पाँच राउन्डसम्म चल्नेछ । बुधबार यो इभेन्टको पदकको टुंगो लाग्नेछ ।

गल्फ :

गल्फको व्यक्तिगत स्पर्धामा नेपालका शुक्रबहादुर राई ५७ औं, टंकबहादुर कार्की ६० औं, पृथ्वी मल्ल संयुक्त रुपमा ७४ औं र अजित विक संयुक्त रुपमा ७८ औं स्थानमा रहे । यो स्पर्धामा ७८ खेलाडीले भाग लिएका थिए । जापानले स्वर्ण, दक्षिण कोरियाले रजत र चीनले कास्य पदक जिते । 

गल्फको टिम स्पर्धामा नेपाल १७ औं भएको छ । यो स्पर्धामा २० टिम सहभागी थिए । टिम स्पर्धाको स्वर्ण पनि जापानले जितेको छ । चीन दोस्रो तथा दक्षिण कोरिया तेस्रो भए । 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध