एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (बिहिबार) दुई ठुला क्लब लिभरपुल र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रिमियर लिगको उपाधि जितिसकेको लिभरपुल र सिटीबीचको खेल इतिहाद स्टेडियममा हुनेछ ।
सिटीको मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
लिभरपुलले लिगको उपाधि जितिसकेको कारण यस खेल दुवैका लागि धेरै महत्वपूर्ण छैन । लिभरपुलले करिब ३० वर्षपछि लिगको उपाधि जितेको हो ।
तर, दुबैको लागि यस खेल प्रतिष्ठाको लडाई हुनेछ । त्यसैले दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
यस्तै प्रतिस्पर्धा अघि सिटीले लिभरपुललाई 'गार्ड अफ अनर' दिने छन् ।
यस सिजन लिभरपुल सिटी भन्दा २३ अंकले अघि रहेको छ । लिभरपुलको ८६ नाका रहेको छ । सिटीको ६३ अंक रहेको छ ।
घरेलु मैदानमा सिटी लिभरपुललाई हराएर अंक दुरी कम गर्न चाहन्छ । यता, लिभरपुल जित निकाल्दै सिटीसँगको अंक दुरी थप फराकिलो बनाउन चाहन्छ ।
प्रिमियर लिग अन्तर्गत अर्को खेलमा टोटेनहमले सेफिल्ड युनाइटेडसँग खेल्नेछ ।