एजेन्सी । स्पेनिस ला लिगा क्लब रियल मड्रिडले महिला टिम सार्वजनिक गरेको छ ।
रियलले बुधबार पहिलो पटक आफ्नो महिला टिम सार्वजनिक गरेको हो । स्पेनिस जाइन्ट रियलको यस अघि महिला टिम थिएन् ।
मड्रिडको क्लब सिडी टाकोन खरिद गर्दै रियलले त्यसलाई आफ्नो महिला टिम बनाएको हो ।
रियलले टाकोनलाई खरिद गर्दै टिमको नाम रियल मड्रिड फेमिनिनो नामकरण गरेको छ ।
सन् २०१४ मा स्थापना भएको टाकोनले महिलाको प्रिमिरा डिभिजन लिग खेल्दै आइरहेको थियो ।
रियलका अध्यक्ष फ्लोरेन्टो परेजले महिला टिमको स्थापनाले सबैलाई गर्व महसुस गराएको बताए ।