एजेन्सी । सिरि ए फुटबलमा ईन्टर मिलानले फराकिलो जित आत्मसाथ गरेको छ ।
बुधबार राति ईन्टरले घरेलु मैदानमा ब्रेसियालाई ६–० ले हराएको छ ।
ईन्टरको जितमा एस्ले योङ, एलेक्सिस साञ्चेज, डेनिलो डी आम्ब्रासियो, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिक्सन र एन्टोनियो क्यानड्रेभाले एक एक गोल गरेका थिए ।

लोनमा साञ्चेज म्यान्चेष्टर युनाईटेडबाट ईन्टर आएका थिए । उनी सिजनको अन्तिमसम्म क्लबमै रहने बताइएको छ । उनले क्लबसंंग सिजनको अन्तिमसम्म रहने गरि भर्खरै सम्झौता गरेका छन् ।
जितसंगै ईन्टर तेस्रो स्थानमा थप मजबुद बनेको छ । क्लब सिरि एको उपाधि होडमा यथावत छ । ईन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ ।
तालिकाको पुछार रहेको ब्रेसिया २५ अंक सहित रेलिगेशनको दबाब खेपिरहेको छ ।