एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले युवा डिफेन्डर तान्गुय कवासीलाई अनुबन्ध गरेको छ ।
बायर्नले १८ वर्षे डिफेन्डरलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेण (पीएसजी) बाट अनुबन्ध गरेको हो ।
फ्रेन्च फुटबलर कवासीसँग बायर्नले चार वर्षको सम्झौता गरेका छन् ।
सम्झौतासँगै कवासी सन् २०२४ सम्म बायर्नमा रहने छन् ।

कवासीले पीएसजीको सिनियर टिममा गत वर्षको डिसेम्बरमा डेब्यु गरेका थिए ।
पीएसजीका लागि १३ खेल खेलेका उनले ३ गोल गरेका छन् ।
पीएसजीसँगको उनको सम्झौता जुन ३० मा सकिएको थियो । तर, उनले क्लबसँग नयाँ सम्झौता गर्न अस्विकार गरेका थिए ।
'बायर्नबाट खेल्न पाउँदा म खुशी छु,' सम्झौतापछि उनले भनेका छन्, 'बायर्न ठुलो क्लब हो । मलाई आशा छ म यहाँ सफल हुनेछु । धेरै खेल खेल्नेछु । कठिन मेहेनत गर्नेछु ।'
