एजेन्सी । इटालियन क्लब रोमाले मिडफिल्डर हेन्रिक मिखीटेरियानको लोन सम्झौता थप गरेको छ ।
रोमाले यस सिजनको अन्त्य सम्मका लागि मिखीटेरियानको सम्झौता थप गरेको हो ।
३१ वर्षीय मिखीटेरियान इंग्लिस क्लब आर्सनलबाट गत सेप्टेम्बरमा लोनमा रोमा आएका थिए । उनको सम्झौता जुनसम्म रहेको थियो ।
तर, कोरोना भाईरसको कारण लिग अन्त्यको मिति लम्बिएपछि क्लबले उनको सम्झौता थप गरेको हो ।
यस्तै रोमाले आर्सनलसँग मिखीटेरियानको लोन सम्झौता आगामी सिजनसम्मका लागि बढाउँन सहमति गरेको समेत बताईएको छ ।
मिखीटेरियानले रोमाका लागि १९ खेल खेल्दै ६ गोल गरिसकेका छन् । यस सिजनको १० खेल बाँकी रहदा रोमा लिगको पाँचौं स्थानमा रहेको छ ।
अर्मेनियाका मिडफिल्डर मिखीटेरियानको आर्सनलसँगको सम्झौता भने २०२१ सम्म रहेको छ ।