अफ्रिका कप अफ नेसन्स फुटबल एक वर्ष सर्यो
मंगलबार, १६ असार २०७७खेलपाटी संवाददाता

null
एजेन्सी । सन् २०२१ को अफ्रिका कप अफ नेसन्स फुटबल एक वर्ष पछि सरेको छ ।
कोरोना भाईरसको महामारीको कारण ३३ औं संस्करणको प्रतियोगिता एक वर्ष सरेको हो ।
अफ्रिकन फुटबल महासंघले मंगलबार प्रतियोगिता २०२२ को जनवरी सम्मको लागि स्थगित गरिएको जनाएको छ ।
क्यामरुनमा तय भएको प्रतियोगिता आगामी जनवरी ९ देखि फेब्रुवरी ६ सम्म हुने तालिका रहेको थियो ।
यस अघि सन् २०१९ मा भएको अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले जितेको थियो ।











-1769690582903.jpeg&w=3840&q=75)



