एजेन्सी । जाडोन साञ्चो प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेड आउन कठिन देखिएको छ ।
जर्मन क्लब बोरुसिया डर्टमण्डका स्टार साञ्चोलाई अनुबन्धन गर्न युनाईटेडले कोशिश गरिरहेको छ । तर डर्टमण्डले माग गरेको रकम युनाईटेडले तिर्न अनिच्छिुक देखिएको हो । सोही कारण साञ्चो युनाईटेड आउन कठिन देखिएको हो ।
डर्टमण्डका युवा स्टार साञ्चो युरोपेली क्लब फुटबलका सर्वाधिक माग गरिएका खेलाडी हुन् । युनाईटेडले समेत साञ्चो अनुबन्धनमा निकै चासो राखिरहेको छ ।
स्काई स्पोर्ट्सको रिपोर्ट अनुसार युनाईटेड साञ्चोका लागि ५० मिलियन पाउण्डमा भन्दा धेरै रकम खर्च गर्न तयार छैन ।
युनाईटेडका सियिनर अफिसरका अनुसार क्लब साञ्चोका लागि ५० मिलियन भन्दा धेरै रकम खर्च गर्न तयार छैन । महामारीको रुपमा फैलिएको कोरोना भाईरसको प्रभावले वित्तिय संकट भोगिरहेका कारण युनाईटेड ठुलो खर्च गर्न असमर्थ देखिएको हो । तर डर्टमण्डले साञ्चोकालागि सय मिलियन पाउण्डमा भन्दा धेरै रकम माग गरिरहेको छ ।

ईङ्ल्याण्डका अन्तराष्ट्रिय खेलाडी साञ्चोको डर्टमण्डसंग दुई बर्षको सम्झौता अझै बाँकी छ । उनी सन् २०१७ को अगष्टमा प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीबाट ८ मिलियन पाउण्डमा डर्टमण्ड आएका थिए । उनले यस सिजन समेत बुन्डेसलिगामा १७ गोल गर्नुका साथै १६ गोलको अवसर सिर्जना गरेका थिए ।
केही साता अघि मात्र डर्टमण्डका प्रमुख कार्यकारी अधिकृत हेन्स जोआचिम वत्जकेले राम्रो मुल्य पाएको अवस्थामा साञ्चोलाई बेच्न सकिने बताएका थिए ।
‘मलाई लाग्दैन, कोही क्लबले सो रकम तिर्नेछन् । उसलाई कुनै कोरोना भाईरसको छुट समेत दिईने छैन ।’ उनले एक अन्तरवार्तामा भनेका थिए ।