न्युजिल्यान्डलाई उपाधि
मंगलबार, १६ असार २०७७खेलपाटी संवाददाता

एजेन्सी । रग्बीको वर्ल्ड सेभेन सिरिजको उपाधि न्युजिल्यान्डले जितेको छ ।
कोरोना भाईरसको महामारीको कारण सिरिजका बाँकी खेल रद्द भएपछि न्युजिल्यान्डले महिला र पुरुष दुबैको उपाधि जितेको हो ।
न्युजिल्यान्डको पुरुष टिमले ६ राउण्ड अन्तर्गतको प्रतियोगितामा ३ सिरिज जितेको थियो । तर, लण्डन, पेरिस, सिंगापुर र हङकङको सिरिज भने रद्द भएको छ ।
यस्तै महिला टिमले पाँच खेलमा ४ जित निकालेको थियो । महिलातर्फ पेरिस र हङकङको सिरिज भने रद्द भएको छ ।
सिरिजबाट यस वर्ष कुनै पनि टिम रेलिगेसनमा समेत नपर्ने भएका छन् ।







%20(2)-1765947464452.png&w=3840&q=75)

-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)



