एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (मंगलबार) दुई ठुला क्लब बार्सिलोना र एट्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।
उपाधि दाबेदार बार्सिलोनाले घरेलु मैदानमा एट्लेटिकोसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
क्याम्प नाउमा बार्सिलोनाका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । किनकी बलियो टिम एट्लेटिकोसँगको खेलले बार्सिलोनाको उपाधि यात्राको बाटो तय गर्नेछ ।
लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनालाई उपाधि होड बलियो बनाउन एट्लेटिकोविरुद्ध जित अत्यावश्यक रहेको छ । किनकि बार्सिलोना शीर्ष स्थानको रियल मड्रिड भन्दा २ अंकले पछि रहेको छ ।
बार्सिलोनाले ३२ खेलमा ६९ अंक जोडेको छ । रियलको ७१ अंक रहेको छ ।
पाहुना टोलिविरुद्धको जितले बार्सिलोना शीर्ष स्थानमा समेत उक्लने छ । त्यसैले अघिल्लो खेलमा अंक गुमाएको बार्सिलोना एट्लेटिकोलाई हराउने लक्ष्यमा हुनेछ ।
तर, बलियो टिम एट्लेटिकोविरुद्ध जित निकाल्न बार्सिलोनालाई कठिन हुनेछ । एट्लेटिको पनि बार्सिलोनालाई हराएर शीर्ष दुई टोलिसँगको अंक दुरी कम गर्न चाहन्छ ।
तेस्रो स्थानमा रहेको एट्लेटिकोक् ५८ अंक रहेको छ ।
ला लिगा अन्तर्गत नै मंगलबार सेभियाले लेगानेससँग खेल्नेछ । त्यस्तै सेल्टा भिगोले मालोर्कासँग खेल्नेछ ।