एजेन्सी । इंगलिस प्रिमियर लिगका थप एक जनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
प्रिमियर लिगका खेलाडी र स्टाफमा गरिएको पछिल्लो परिक्षणमा एक जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
प्रिमियर लिगले जुन २२ देखि २८ सम्म २ हजार २५० जनामा गरिएको परिक्षणमा एक जनामा कोरोना भेटिएको जनाएको छ ।
कोरोना देखिने व्यक्तिको नाम गोप्य राखिएको छ ।
यससँगै प्रिमियर लिगका खेलाडी र स्टाफमा गरी कुल १९ जनामा कोरोना देखिएको छ ।
खेलाडी र स्टाफमा गत मे १७ बाट परिक्षण सुरु गरिएको थियो । हालसम्म १४ हजार ३०७ जनामा परिक्षण गरिएको छ ।